नेपाली बजारमा आज कतिमा हुदैछ सुनचाँदीको कारोवार ?

रामेछाप खबर संवाददाता

२० मंसिर, काठमाडौं ।

सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ। यसअघि आइतबार छापावाला सुन तोलाको ९२ हजारमै कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ।

त्यसैगरी सोमबार चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १२०० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ५ करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा ३६५ दिन अवधिको लागि लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब ४४ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ४५ करोड ७५ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १५ करोड २५ लाख रुपैयाँ गरी कूल ३ अर्ब ५ करोड रुपैयाँ लगानी गर्न लागेको हो। बैंकले उक्त रकम २०७८ पुस १ गतेदेखि २०७९ मंसिर २९ गतेसम्मका लागि मुद्दती निक्षेपमा राख्न लागेको हो।

राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी मंसिर २२ गतेसम्ममा बोलकबोल पेस गर्नुपर्ने छ।