गैरकानूनी कामदारलाई काम लगाउने कम्पनीलाई चर्को जरिवाना

रामेछाप खबर संवाददाता

२० मंसिर, काठमाडौं ।

फाइल फोटो
साउदी अरबले गैरकानूनी कामदारलाई काममा लगाउने कम्पनीलाई चर्को जरिवाना तोकेको छ । साउदीले जुन कम्पनीको भिसामा अर्थात स्पोन्सरशिपमा आएको हो, त्यो बाहेकको कम्पनीमा काम गरे÷गराए १ लाख साउदी रियाल जरिमाना गर्ने बताएको छ ।

गैरकानूनी कामदारलाई काम लगाउने कम्पनीको म्यानेजरलाई १ वर्ष जेल सजाय र त्यसपछि देश निकाला गर्ने नयाँ कानूनमा व्यवस्था गरिएको छ ।

त्यसरी अवैध कामदारलाई या वैध कामदारलाई अवैध तवरमा रोजगारीमा लगाउनेलाई ५ वर्षसम्म नयाँ कामदार ल्याउन नपाइने गरी प्रतिबन्ध लगाउने र त्यसरी प्रतिबन्धित भएको सूचना स्थानीय मिडियामा उक्त कम्पनीकै खर्चमा उजागर गरिने समेत जनाइएको छ ।

प्रदर्शनकारीमाथि चलायो म्यानमारको सेनाले ट्रक : पाँचको मृत्यु, दर्जनौं घाइते

म्यानमारको सेनाले प्रदर्शनकारीमाथि ट्रक चलाउँदा पाँच जनाको मृत्यु भएको छ भने अरु दर्जनौं घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । म्यानमारको व्यावसायिक राजधानी यांगुनमा सेनाको एउटा ट्रक प्रर्दशनकारीहरुमाथि कुदाइदा उनीहरुको मृत्यु भएको हो । सेनाले भाग्दै गरेका प्रदर्शनकारीमाथि अन्धाधुन्दा गोली प्रहार गरेको थियो ।

फेब्रुवरीमा सेनाको कुपछि सरकारविरुद्ध भएका प्रदर्शनमा १२ सयभन्दा बढीको मृत्यु भएको छ भने हजारौंलाई जेल हालिएको छ । पछिल्लो प्रदर्शनमा सेनाले ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना सञ्चारकर्मी पनि छन् ।

प्रदर्शनकारीमाथि ट्रक चलाइएको विषयलाई सेनाले अस्वीकार गरेको छ । बरु प्रदर्शनकारीले नै हिंसा मच्चाएको सरकारको दाबी छ ।

विगतमा सरकारविरुद्ध भएका प्रर्दशनमा सेनाले गोली चलाउँदा ठूलो संख्यामा प्रदर्शनकारीको मृत्यु हुन थालेपछि आजभोलि प्रदर्शनकारीले साना ह्ययाली र भेला आयोजना गर्न थालेका छन् ।