ओमिक्रोन संक्रमित व्यक्तिमा के-के लक्षणहरु देखा पर्छन ? डाक्टरले गरे यस्तो खुलासा !

रामेछाप खबर संवाददाता

१९ मंसिर, काठमाडौं ।

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको पाँचौं केस फेला परेको छ। कर्नाटक, गुजरात, मुम्बईपछि भारतको केन्द्रीय राजधानी दिल्लीमा ओमिक्रोन संक्रमित भेटिएका हुन्।

भारतीय अधिकारीहरुका अनुसार संक्रमित व्यक्ति अफ्रिकी मुलुक तान्जानियाबाट फर्किएका थिए। उनी भारत आउनेवितिकै घाँटी दुख्ने, ज्वरो आउने र शरीर दुख्ने लक्षणबाट पीडित भएको बताइएको छ।

एलएनजीपी अस्पतालका डाक्टर सुरेश कुमारका अनुसार संक्रमितको स्वास्थ्य स्थिति स्थिर रहेको छ। ती व्यक्तिमा सुरुवाती लक्षण घाँटी दुख्ने भएको बताइएको छ। त्यसपछि ज्वरो आउने, शरीर दुख्ने र लगत्तै उनको अक्सिजन लेभल घटेको डाक्टर सुरेशको भनाइ छ।

ती संक्रमित २४ घन्टा डाक्टरको निगरानीमा रहेका छन्। सरकार पनि सम्भावित घटना हुन नदिन पूर्वतयारी गरेको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन्।

फोक्सो जोगाउनका लागि खानुस् यी ७ खानेकुरा

हिजोआज प्रदूषण निकै बढेकाले फोक्सो जोगाउन गाह्रो पर्न थालेको छ । वायु प्रदूषणले सास फेर्न अप्ठ्यारो पार्ने अनि मुटु, मिर्गौला र कलेजोलाई समेत हानि गर्छ । प्रदूषणको असरबाट बच्नका लागि यहाँ हामी केही खानेकुराका बारेमा बताउँदैछौं । तिनले शरीरलाई विषरहित बनाउन सहायता गर्छन् ।

लसुन
लसुनमा भएको एन्टीअक्सिडेन्ट र एन्टीइन्फ्लेम्मेटरी गुणका कारण फोक्सो र मिर्गौला विषरहित हुन्छ अनि रोगहरूको खतराबाट पनि बचिन्छ ।

अदुवा
आयुर्वेदिक गुणले भरपूर अदुवाले पनि प्रदूषणको असरबाट शरीरलाई जोगाउँछ । तरकारीमा अदुवा हालेर वा अदुवाको चिया बनाएर सेवन गर्न सक्नुहुन्छ ।

तुलसीका पात
दिनदिनै तीनवटा तुलसीका पात चपाउने गर्नुस् । त्यसले फोक्सोमा जमेको फोहर निकालिदिन्छ र कैयौं रोगबाट बचाउँछ ।

ओखर र आलस
ओखर र आलसको गेडालाई दहीमा राखेर पिउने गर्नुभएमा वायु प्रदूषणको हानिकारक असरबाट बच्नुहुनेछ ।

ज्वानो
ज्वानोमा भएको भिटामिन र पोषक तत्त्वले हिस्टामिनलाई घटाउँछन् । त्यसले फोक्सोमार्फत अक्सिजनको प्रवाहलाई सहज बनाउँछ ।

सक्खर
प्रदूषणको असरलाई घटाउनुका साथै इम्युनिटी पावर बढाउनका लागि सक्खर लाभदायक छ । यसले फोक्सो र मिर्गौलालाई जोगाउँछ अनि रुघाखोकीबाट जोगाउँछ ।

मुलेठी
मुलेठीमा भएको एन्टी इन्फ्लेमेटरी गुणले प्रदूषणको असर घटाउनुका साथै फोक्सोको संक्रमण हटाउँछ । मुलेठी चुस्दा श्वासप्रश्वास सहज हुन्छ र गला पनि सफा हुन्छ ।

अनार
अनारले पनि शरीरमा फैलिएको विषाक्त पदार्थलाई सफा गरिदिन्छ । दिनदिनै एक कचौरा अनार खानुस् वा यसको जुस पिउनुस् ।