साताको पहिलो दिन भारि मात्रामा घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

रामेछाप खबर संवाददाता

१९ मंसिर, काठमाडौं ।

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएकोमा आइतबार ७०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको हो ।

आइतबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार ८७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ४४५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार २९० रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार २९ रुपैयाँ कायम भएको महसंघले जनाएको छ।

भारतले क्रिप्टोकरेन्सीलाई नियमन गर्ने

भारतले क्रिप्टोकरेन्सीलाई नियमन गर्ने तयारी गरेको छ । भारत सरकारले त्यहाको संसदमा यस सम्बन्धि विधयेक दर्ता गराएको हो । विधयेकमा हाल शेयर बजारको नियमन गरिरहेको सेक्युरिटी एण्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबि) लाई नै क्रिप्टोको नियमनको जिम्मा दिने प्रस्ताव गरिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

प्रस्ताव अनुसार सेबिले क्रिप्टोको खरीद बिक्रिको लागि छुट्टै एक्सचेन्ज संचालन गर्ने छ सोहि एक्सचेन्जमा मात्र क्रिप्टो खरीद बिक्रि गर्न सकिने छ । विधयेकमा ब्यबस्था भए अनुसार भारतीय नागरिकले विदेशको एक्सचेन्जमा क्रिप्टो खरीद बिक्रि गर्न पाउने छैनन् । साथै कुनै पनि क्रिप्टो वालेटमा भण्डार गर्न पाइने छैन ।
यदि कोहिले सो एक्सचेन्ज भन्दा बाहिर गएर क्रिप्टो खरीद बिक्रि गरेमा ५ देखि २० करोडसम्मको जरिवाना हुने सक्ने उल्लेख छ । क्रिप्टोलाई नियमन गर्नको लागि भारतले त्यहाँको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धि हालको कानुन पनि संशोधन गर्ने तयारी गरेको छ ।