मलेसियामा अलपत्र ३६ नेपाली स्वदेश फर्किए, २ जना जापान गए

रामेछाप खबर संवाददाता

१९ मंसिर, काठमाडौं ।

नेपालबाट मलेसिया ट्रान्जिट हुँदै जापान जाने क्रममा क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र ३६ जना स्वदेश फर्किएका छन् भने २ जना जापान प्रस्थान गरेका छन् ।

मलेसियास्थित नेपाली दूतावासका अनुसार ३६ नेपाली नागरिकहरुमध्ये ३४ जना सकुशल नेपाल फर्किएको र अन्य २ जना दूतावासको पहलमा जापान सरकारको थप अनुमति प्राप्त गरी त्यसतर्फ प्रस्थान गरेको जनाएको छ ।

उनीहरु नेपालबाट मलेसिया हुँदै जापानको तर जापान सरकारको कोभिड सम्बन्धी नियमहरूको प्रक्रिया पुरा नगरेको भन्दै उनीहरुलाई क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेपछि दूतावासले उद्धार गरेको हो ।

अलपत्र परेका यात्रुहरुलाई समयमै उद्दार गर्न गराउन सहयोग गर्ने निकाय नेपाल सरकारका, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स, मलेसिया एयरलाइन्स तथा जापानस्थित नेपाली दूतावास र मलेसियास्थित जापानी दूतावासलाई नेपाली दूतावास मलेसियाले धन्यवाद व्यक्त गरेको छ ।

साथै,साथै मलेसिया ट्रान्जिट भई यात्रा गर्ने सम्पूर्णलाई गन्तव्य मुलुकमा प्रवेश सम्बन्धी सम्पूर्ण कागजात तथा पछिल्लो नियमहरूको जानकारी राखेर मात्र यात्रा गर्न र मलेसिया ट्रान्जिटका क्रममा केही समस्या भएमा दूतावासको हटलाइन +६०१६२४७२७७७ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।
इन्डोनेसियामा ज्वालमुखी बिस्फोट : १ जनाको मृत्यु, दर्जनौं घाइते

जार्कार्ता – इन्डोनेसियाको जाभा प्रान्तमा ज्वालामुखी बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । माउन्ट सिमेरुमा ज्वालामुखी बिस्फोट हुँदा मानिसहरुको भागदौड मच्चिएको थियो ।

ज्वलामुखी बिस्फोटपछि नजिकका गाउँ फोहर र टुटेफुटेका टुक्राले छोपिएको थियो भने भने सूर्यलाई धुवाँ र धुलोले ढाकेको थियो ।

ज्वालामुखी बिस्फोटमा ४१ जना घाइते भएको लुमाजाङ जिल्लाका उपप्रमुख इन्दह मस्दारले बताएकी छन् । घाइतेमध्ये केहीको शरीर जलेको छ । ज्वालमुखी बिस्फोटपछि घरमै फँसेका १० जनाको उद्दार भइरहेको छ ।

वरपरको वातावरण निकै भयभित देखिएको बताउँदै मस्दारले भनिन्, ‘चौतर्फी डरलाग्दो वातावरण छ । पीडितका परिवारमा रुवावासी चलेको छ । ’
इन्डोनेसियाको विपद् नियन्त्रण निकायले बिस्फोटमा घाइते भएका ३५ जनाको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । कालो धुँवा र हल्का पानीका कारण उद्दार कार्य प्रभावित भएको छ ।