आज पनि बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

रामेछाप खबर संवाददाता

१९ मंसिर, काठमाडौं ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदमूल्य ११९ रुपैयाँ ९७ पैसा र बिक्रीदर १२० रुपैयाँ ५७ पैसा रहेको छ । यसैगरी युरोपियन युरो एकको खरिदमूल्य १३५ रुपैयाँ ५७ पैसा र बिक्रीमूल्य १३६ रुपैयाँ २५ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८४ रुपैयाँ ६१ पैसा र बिक्रीमूल्य ८५ रुपैयाँ ०४ पैसा रहेको छ ।

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३२ रुपैयाँ १४ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३२ रुपैयाँ ७२ पैसा र बिक्रीमूल्य ३२ रुपैयाँ ८८ पैसा रहेको छ ।

विस्तृतमा हेर्नुस्