सुरक्षामा अब्बल मानिएकाे टिग्गो ४ प्रो एसयूभि सार्वजनिक, मूल्य कति ?

रामेछाप खबर संवाददाता

१८ मंसिर, काठमाडौं ।

नेपालबाट बाहिरिएको एक दशकपछि पुनः चिनियाँ ब्रान्ड चेरी गाडीको पुनरागमन भएको छ ।चेरीसँगै बीवाईडी,ग्रेटवाल, फोटोन, चांगन, डीएफएसके ब्रान्ड पनि नेपाली बजारमा प्रतिस्पर्धा गर्न थालिसकेका छन् । नेपालका लागि चेरी ब्रान्डको आधिकारिक वितरक सारडा ग्रुप अन्तर्गतको एसपिजी अटोमोबाइलसले शुक्रबार चेरी टिग्गो ४ प्रो एसयूभि सार्वजनिक गर्दै नेपालमा पुनः चेरी गाडीको विक्री वितरण शुरु भएको घोषणा गरेको छ ।

कस्तो छ चेरी टिग्गो ?
चेरी टिग्गो ४ प्रो एसयुभि तीन भेरियन्टमा नेपाली बजारमा कम्पनीले उपलब्ध गराएको छ जुन १.५ लि नेच्युरल्ली एस्पिरेटेड म्यानुल ट्रान्समिसन, १.५ एस्पिरेटेड सिभिटि र १.५ लि टर्बो चार्जड ९ स्पीड गिएर बक्स सिभिटि इन्जिन रहेका छन ।

नेच्युरल्ली एस्पिरेटेड इन्जिनले अधिकतम ८५ किलोवाट अर्थात (११५ पिएस र १३८ एनएम)को अधिकतम टर्क उत्पादन गर्दछ । त्यस्तै अर्को टर्बो सिभिटि इन्जिनले अधिकतमा ११५ किलोवाट (१४७ पिएस तथा २१० एनएमको टर्क) उत्पादन गर्छ । टिग्गो ४ को प्रमाणित माइलेज १४.७ किमी प्रति घण्टा रहेको छ ।

त्यस्तै नयाँ टिग्गो ४ प्रो एसयूभिमा ४३१८ एमएम लम्बाइ र १६ सय ७० एमएम उचाई रहेको छ । यो गाडीको ग्राउन्ड क्लियरेन्स २०० एमएम रहेको छ । नयाँ टिग्गो ४ प्रो एसयूभिमा नयाजँ फ्रन्ट फेस आकर्षक मस्कुलर प्रोफाइलमा डिजाइन गरिएको छ । जसले यो एसयूभिलाई निकै आकर्षक बनाएको छ । डाइमण्ड इन्टेक ग्रिल, क्रिस्टल डायमण्ड लेस एलईडि हेडलाइट,साइड स्कर्टले स्पोर्टि लुक्समा आएको टिग्गो एसयूभिमा वावरड सनरुफका साथै सिक्स वे एडजस्मेन्ट लेटर सिट राखिएको छ ।

इन्टेरिएर तर्फपनि यो गाडीको डिजाइन अब्बल रहेको छ । ३ स्पोक मल्टिफङ्सनल स्टेरिङ् व्हील ७ इन्च एलसिडि मिटर, एप्पल कार प्ले, एन्ड्रोइड ओटो सहित १०.२५ इन्च सेन्ट्रल कन्ट्रोल स्क्रीन, पुस स्टार्ट बटन र पिइ पि एस रिमोर्ट स्टाटए प्रणाली जस्ता फिचर समावेश गरिएको छ ।

सुरक्षा
सुरक्षाको हिसाबमा टिग्गो ४ प्रो एसयूभि ६ रिङ्ग एयर व्याग, एविएस ब्रोकिङ प्रणाली, टिसिसि सिस्टम, इमर्जेन्सी ब्रोक असिस्ट, रोल स्टेलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट कन्ट्रोल , उन्टी पिन्च लक राखिएको छ । यी फिचरले समेत टिग्गोलाई सुरक्षामा अब्बल र उत्कृष्ट तुल्याएको छ ।

कति छ मूल्य ?
यो गाडी तीन भेरियन्टमा उपलब्ध छ । जसमा टिग्गो ४ प्रो १.५ लिको नेपाली मूल्य ४६ लाख २० हजार तोकिएको छ । त्यस्तै ४ प्रो १.५ सिमिटि र टर्बो सिभिटिको मूल्य क्रमशः ५२ लाख ५० हजार र ५८ लाख ४० हजार तोकिएको छ ।

के हो चेरी ब्रान्ड ?

चेरी अटोमोबाइल कम्पनी लिमिटेडको स्थापना १९९७ मा भएको थियो । चीन अवस्थित ग्लोबलाइज अटोमोबाइल ब्रान्डको रुपमा परिचित छ । अहिलेसम्म चेरीले ८० भन्दा बढी देश र क्षेत्रहरुमा आफ्नो सवारी निर्यात गरिसकेको छ भने १० विदेशी कारखाना, १५०० भन्दा बढी विदेशी डिलर स्थापना गरिसकेको छ ।

चेरी ब्रान्डका बिश्वभर ९ मिलियन प्रयोगकर्ता रहेको कम्पनीको दाबी छ । कम्पनीले एरिजो, टिगो, एक्सिडलगायत ब्रान्डमा गाडी उत्पादन गर्दै आएको छ ।
साभार : मेरो लगानी डटकम