कटरिनाको विवाहमा एक्स ब्वाईफ्रेण्डहरुलाई नो इन्ट्रि, रणबीरले पनि पाएनन् निम्तो

रामेछाप खबर संवाददाता

१८ मंसिर, काठमाडौं ।

बलिउड अभिनेत्री कटरिना कैफ र अभिनेता विक्की कौशलको विवाहको चर्चा पछिल्लो समय निकै छ । एकअर्काको प्रेमसम्बन्ध रहेका कटरिना र विक्कीले डिसेम्बरको पहिलो हप्तामा विवाह गर्दैछन् ।

उनीहरुको विवाह डिसेम्बर ७ देखी ९ तारिख सम्म चल्ने बताइएको छ । विवाहको लागि उनीहरुले राजस्थानको जयपुरस्थित सवाई माधोपुरको सिक्स सेन्स लग्जरी होटल बुकिङ पनि गरिसकेका छन् ।

यसैबीच उनीहरुको विवाहमा कुन कुन कलाकारको सहभागी रहन्छ भन्ने चर्चा पनि चलिरहेको छ । उनीहरुले आफ्नो विवाहमा आउने पाहुनाको सूची पनि तयार गरेका छन् । कुनै समय बलिउडमा सलमान खान र रणबीर कपुरको नाम कटरिनासँग जोडिन्थ्यो ।

रणबीरसँग त कटरिनाको लामे समय प्रेमसम्बन्ध रहेको पनि बताइन्छ । कटरिनाले सलमानलाई मात्र होइन भुपु ब्वाइफ्रेण्ड रणबीर कपुरलाई पनि विवाहको निम्तो नपठाएको बताइएको छ ।

रणबीरसंगको ब्रेकअप पछि पनि कटरिनाले फिल्म जग्गा जासुस को शुटिंग पुरा गरेकी थिईन् । रणबीर संगै बसेर उनले अन्र्तबार्ता समेत दिएकी थिईन् । कट्रीनाको बिबाहमा रणबीर कपुरलाई बोलाउने अनुमान गरिएको थियो । यता सलमान तथा उनको बहिनीहरुलाई औपचारीक रुपमा निमन्त्रणा पठाइएको पनि बताइएको छ । तर सलमान भने विवाहमा नजाने चर्चा छ ।

नायिका करिश्मा मानन्धर अब क्याम्पस जाने

आज राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्यो । कक्षा १२ को परीक्षामा नायिका करिश्मा मानन्धर र गायिका रचना रिमाल सहभागी भएका थिए । बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार अभिनेत्री मानन्धर र गायिका रिमाल कक्षा १२ उत्तीर्ण भएका छन् ।

गोदावरीस्थित किटिनी माविबाट परीक्षा दिएकी करिश्माले २.४१ जीपीए ल्याएर १२ कक्षा उत्तीर्ण गरेकी छन् । झापाको भद्रपुरस्थित प्रज्ञा एकेडेमीबाट परीक्षा दिएकी रचनाले ३.४४ जीपीए ल्याएकी छन् ।

कोरोना महामारीका कारण नियमित रुपमा भौतिक कक्षा सञ्चालन नभएको अवस्थामा पनि आफूहरुले प्राप्त गरेको उपलब्धिप्रति खुशी व्यक्त गरेका छन् । नायिका मानन्धरले जनसंख्या र समाजशास्त्र विषयमा ‘ए’ ग्रेड ल्याएकी छन् । उनले अब स्नातक तहमा भर्ना भएर पढाइलाई निरन्तरता दिने बताइन् ।

गायिका रचनाले पनि नसोचेको नतिजा आएको बताएकी छन् ।