यिनै हुन मुसा मार्ने औषधि मिसाइएको दूध खुवाएर सौतेलो छोराको हत्या गर्ने, भारतबाट पक्राउ

रामेछाप खबर संवाददाता

१७ मंसिर धनगढी ।

कैलालीको धनगढीमा मृत फेला परेका १० वर्षीय बालकको हत्या आरोपमा सौतेनी आमालाई प्रहरीले प्रकाउ गरि आज (शुक्रबार) सार्वजनिक गरेको छ। धनगढी उपमहानगरपालिका–२ स्थित शिखर टोलमा बस्दै आएका १० वर्षीय निशान थापामगरको हत्या आरोपमा प्रहरीले उनकी सौतेनी आमा माघी रोकायालाई पक्राउ गरेको हो। भारतको हरियाणाबाट पक्राउ परेकी रोकायालाई जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

निशान मंसिर २ गते कोठाभित्रै मृत फेला परेका थिए। सौतेनी आमा रोकाया सोही दिनदेखि फरार थिइन्। भारतीय प्रहरीको सहयोगमा रोकायालाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो।

जिल्ला अदालतबाट म्याद थप गरी रोकायामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।

मृतक निशान्त थापा मगर स्कूलबाट फर्किएपछि उनले थाहा नपाउने गरी दूधमा मुसा मार्ने औषधि मिसाइ खुवाएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको एसपी अधिकारीले जानकारी दिए।
नेपाल लाइभ

कञ्चनपुरमा ट्र्याक्टर दुर्घटनामा ३ को मृत्यु, ११ जना घाइते

कञ्चनपुर — पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा शुक्रबार दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दुर्घटनामा परी कृष्णपुर नगरपालिका ९ रैकवारका ६५ वर्षीया द्रोपति राना, ३३ वर्षीया रतन कुमारी राना र ५५ वर्षीय रानी राना रहेका छन् । उनीहरुको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले बताए ।

डिएसपी शाहका अनुसार रैकबारबाट उनीहरु बेदकोट नगरपालिकाको दैजीमा विवाह भोज खान आएका थिए । भोज खाएर फर्किने बेला अर्जुनी ब्यारेक नजिकै विपरीत दिशाबाट आइरहेको जिपलाई साइड दिन खोज्दा से १ त ३८४१ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हो । ट्र्याक्टरमा चालकसहित १४ जना सवार थिए ।