कक्षा १२ को रिजल्ट : सांसद शान्ता चौधरीले भेटिनन् सिम्बोल नम्बर

रामेछाप खबर संवाददाता

१७ मंसिर, काठमाडौं ।

नेकपा एमालेकी सांसद शान्ता चौधरीले कक्षा १२ को रिजल्ट लिष्टमा आफ्नो सिम्बोल नम्बर नभेटेको बताएकी छिन् । गत असोज ८ गतेदेखि भएको कक्षा १२ को परीक्षामा उनले नयाँ बानेश्वरको रत्न राज्यलक्ष्मी उच्च माविको होम सेन्टरबाट परीक्षा दिएकी थिइन् ।

रातोपाटीसँग कुरा गर्दै सांसद चौधरीले रिजल्ट आएपनि आफूले सिम्बोल नम्बर नभेटेको र पास फेलबारे पछि फोन गरेर जानकारी दिने बताइन् । उनले समाजशास्त्र विषय लिएर अध्ययन गरेकी थिइन् ।

प्रतिनिधिसभा सदस्य तथा एमाले संसदीय दलकी सचेतक समेत रहेकी पूर्वकमलरी चौधरीले १८ वर्ष कमलहरी बस्दा पढ्न पाएकी थिइनन् । उनले २०७६ सालमा एसईई परीक्षा पास गरेकी थिइन् । रातोपाटी संवाददाता

हामीले निष्कासन गरेका व्यक्ति राखेर संसद चल्न सक्दैनः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसीर २८ गतेका लागि आह्वान गरिएको संसद बैठक पनि चल्न नदिने बताएका छन् । शुक्रबार थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष ओलीले संसद बैठक चल्न नदिने बताएका हुन् । उनले आफ्नो पार्टीले निष्कासन गरेका माधव नेपालसहितका सांसदहरु बैठकमा आउने भएकाले आफूहरुले संसद बैठक चल्न दिन नसक्ने बताए ।

उनले गैरसांसदलाई राखेको बैठकलाई एमालेले चल्न दिन नसक्ने बताए । अध्यक्ष ओलीले सभामुख अग्नीप्रसाद सापकोटाले सत्तारुढ गठबन्धनसँग अपवित्र साँठगाँठ गरेर आफ्नो पार्टीलाई फुटाउने काम गरेको भन्दै आक्रोश पोखे ।

उनले भने, ‘व्यवस्थापिका २८ गते बोलाइएको छ । किन बोलाइएको हो ? अब त्यहाँ सरकारी पक्ष प्रस्तुत भएपछि थाहा होला । तर हामीले निष्कासन गरेका व्यक्तिहरु, निष्कासित व्यक्तिहरु संसद भित्र राखेर संसद कसरी चल्न सक्छ ? निमयले गैरसांसदलाई सभामा बस्न दिँदैन ।’

अध्यक्ष ओलीले छिटोभन्दा छिटो मुलुक निर्वाचनमा जानुपर्ने बताए । ओलीले वर्तमान सरकारबाट मुलुक चल्न नसक्ने भन्दै छिटो निर्वाचनमा गएर नयाँ सरकार गठन गर्नुपर्ने बताए उनले सत्तारुढ पाँच दलीय गठबन्धनले लोकतन्त्रको आधार भत्काएको तथा मुलुकलाई भद्रगोल र गतिहीनताको अवस्थामा पुर्याएकाले यस्तो अवस्थाको अन्त्य गर्न ताजा जनादेशमा जानुको विकल्प नरहेको स्पष्ट पारे ।

उनले भने,‘देश चलिरहेको छैन । सरकार चलिरहेको छैन । यस्तो चलेकोलाई पनि चलेको भन्ने हो भने त नचलेको कसलाई भन्ने ? हरेक क्षेत्रलाई निकम्मा बनाइएको छ र लोकतन्त्रहरुको आधार, तिनीहरुलाई भत्काउने काम गरिएको छ ।’