विहेअघि नै कोर्ट म्यारिज गर्दैछन् विक्की–क्याट्रिना

रामेछाप खबर संवाददाता

१७ मंसिर, काठमाडौं ।

बलिउड अभिनेता तथा अभिनेत्री विकी कौशल र क्याट्रिना कैफको विवाह आउन अब धेरै दिन बाँकी छैन । तर, उनीहरुले पारम्परिक रुपमा विवाह गर्नुभन्दा पहिले नै कोर्ट म्यारिज गर्दै छन् ।

भारतीय मिडियामा आएको रिपोर्टअनुसार यो जोडीले राजस्थानमा हुने विवाहभन्दा पहिले अदालतमा विवाह गर्न लागेको हो । अर्थात् कोर्टम्यारिज गरेपछि मात्र उनीहरुले पूरै रितिरिवाजका साथ विवाह गर्ने भएका छन् । यसको कारण पछिल्लो समय फैलिएको कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट हुनसक्ने पनि जनाइएको छ ।

चलचित्र निर्माणमा फर्किए छविराज ओझा

बाघ निर्माता भनेर चिनिने छविराज ओझा चार वर्षपछि चलचित्र निर्माणमा फर्किँदैछन् । उनले चलचित्र मङ्गलम् पश्चात कुनै नयाँ चलचित्र निर्माण गरेका छैनन् । मङ्गलम् सफल त भयो तर उनको व्यक्तिगत जीवनमा आएको उतारचढावको कारण उनले कुनै नयाँ काम सुरु गरेनन् । अब भने उनले नयाँ चलचित्रको तयारी सुरु गरेका छन् ।

उनले नयाँ चलचित्रको एक गीत रेकर्ड समेत गराएका छन् । गीतमा प्रविशा अधिकारी र डेविड शंकरको स्वर रहेको छ भने दीपक शर्माको शब्द तथा संगीत छ ।

हाल चलचित्रको स्क्रिप्टमा काम भइरहेको उनी निकट स्रोतले जनाएको छ । नवराज शर्माले निर्देशन गर्ने चलचित्र युवा पुस्तालाई लक्षित गरेर निर्माण गरिनेछ ।