कक्षा १२ को नतिजा सार्वजनिक, यसरि हेर्न सकिन्छ रिजल्ट

रामेछाप खबर संवाददाता

१७ मंसिर, काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेकाे छ । राष्ट्रिय परीक्षा बोर्डको आज बिहान बसेकाे बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गरेकाे हाे ।

परीक्षामा देशभरबाट ३ लाख ७५ हजार १५ जना परीक्षार्थी सहभागी थिए । जसमा नियमिततर्फ १ लाख ७५ हजार ५९३ परीक्षार्थी सहभागी भएकामा ८४ हजार ५९३ परीक्षार्थी उत्तीर्ण भएका छन् । त्यसै गरी आंशिकतर्फ १ लाख २३ हजार १२१ परीक्षार्थी सहभागी भएकामा ४८ हजार ७३६ जना उत्तीर्ण भएका बोर्डका प्रवक्ता कृष्णप्रसाद शर्माले बताएका छन् ।

७ हजार ६३ जना परीक्षार्थीले ‘ए प्लस’, ४० हजार २३९ जना परीक्षार्थीले ‘ए’, ७० हजार एक जना परीक्षार्थीले ‘बी प्लस’, ९९ हजार ५ सय ५३ जना परीक्षार्थीले ‘बी, ७५ हजार ८८ जना परीक्षार्थीले ‘सी प्लस’, २४ हजार ५ सय १५ जना परीक्षार्थीले ‘सी’, ३ हजार ८ सय ७५ परीक्षार्थीले ‘डी प्लस’, २ सय ९६ जना परीक्षार्थीले ‘डी’ र १० हजार ७३ जनाले ‘ई’ ग्रेड ल्याएका बाेर्डले जनाएकाे छ ।

विद्यालयमै पोसाक पाएपछि खुसीले दंग बने शिकारीवासका विद्यार्थी

मध्य तराईको सुगम जिल्ला पर्साको दुर्गम गाउँ शिकारीबासको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थीको लागि बिहीबार निकै खुसीको दिन बन्यो। बिजुली बत्तीसमेत नपुगेको र राज्यका हरेक सुविधाहरुबाट बञ्चित शिकारीवास गाउँको सो विद्यालयका छात्रछात्राले विद्यालयमा नै पोसाक पाएपछि उनीहरुका लागि त्यो दिन खुसीको दिन बनेको हो।

ती विद्यार्थीहरुको मुहारमा हाँसो भने स्थानीय जिम्मेवार पालिका वा दाताहरुबाट नभई भोलेन्टियर नेपालले दिलाएको हो। त्यो संस्थाले शिकारीवासको श्री नेराप्राविका ५५ जना विद्यार्थीलाई विद्यालय पोसाक ‘सेट’ नै दिएको विद्यालयका प्रधानाध्यापक राम नारायण यादवले बताए।

काठमाण्डौमा रहेको भोलेन्टियर नेपाल (भिसिएन) नामक गैरसरकारी संस्थालाई स्थानीय सामाजिक अभियान्ता प्रकाश थारुको पहलमा विद्यालयलाई ल्याइएको स्थानीय पत्रकार राजेन्द्र सिंहले बताए।

गाउँ नै राज्यका अनेक सुविधाबाट बञ्चित रहेको ठाउँमा अवस्थित सरकारी विद्यालयका विद्यार्थीको पोशाक उपलब्ध गराउन दाता संस्थाले प्राथमिकता दिनु सकारात्मक भएको उनको तर्क छ।

पोसाक वितरणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुजित बस्नेत र प्रधानाध्यापक यादव लगायत स्थानीय समाजसेवीको पनि सहभागिता छ। सहभागीहरुले पनि सुगम जिल्ला भएर पनि पछाडि परेको क्षेत्रको विद्यालयलाई पहिचान गरी दाता संस्थाले यहाँका विद्यार्थीलाई पोशाक वितरण गर्नु प्रभावकारी कदम भएको तर्क गरे।

पोसाक वितरण कार्यक्रममा भिसिएनका अध्यक्ष दीपक चापागाईं र उपाध्यक्ष राधा मताङ्गीले संयुक्त रुपमा सहभागिता जनाएका थिए।