अब यी ११ मुलुकबाट नेपाल आउँदा अनिबार्य क्वारेन्टाइन बस्नै पर्छ, कति दिन ?

रामेछाप खबर संवाददाता

१६ मंसिर, काठमाडौं ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’लाई मध्यनजर गर्दै विभिन्न ११ मुलुकबाट नेपाल आउनेले अब अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन समान्वय केन्द्र (सीसीएमसी) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेन्टाइन बस्नैपर्ने बताएकाे छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ दक्षिण अफ्रिकी मुलुकहरुमा फैलिरहेको छ । यसबाट बच्नका लागि नेपालले पनि सुरक्षा अवस्था कडा बनाएको हो । नेपाल सरकारले बेल्जियम, बोत्सवाना, इस्वाटिनी, लेसोथो, मोजाम्बिक, जिम्बाब्वे, दक्षिण अफ्रिका, बेल्जियम, हङकङ, इजरायल र तान्जेनियाबाट आउने नागरिकहरुले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने बाध्यकारी निमय ल्याएको हो।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको समन्वयमा यात्रुहरुलाई क्वारेन्टाइनको व्यवस्था गरिने बताएको छ । उनीहरुलाई हाल होटल क्वारेन्टाइनमै राखिने बताइएको छ ।

सोमालियामा एचआइभी संक्रमण घट्यो

पहिले पहिले एच आचआइभी एड्स निकै बढ्दो क्रममा रहेको सोमालियामा अहिले भने एड्सको संक्रमण घटेको पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।ती विश्व स्वास्थ्य संगठनका अधिकारीहरुका अनुसार यहाँ पछिल्ला १४ वर्षमा एड्सको संक्रमण दिन प्रतिदिन घट्दै गएको पाइएको हो ।
यहाँ १४ वर्षअघि निकै नै जोखिमको अवस्थामा रहेको एड्स संक्रमणको अवस्था थियो सोमालियाको विशेष गरी उत्तरी क्षेत्र गारोए र बोसासामा, तर ती क्षेत्रमा पनि अहिले एड्सको संक्रमण दरमा निकै नै कमी आएको पाएएको छ ।

विश्व स्वस्थ्य संगठनका सोमालियाका लागि प्रतिनिधि माउमर रहमानले समयमै यसको परीक्षण गराउने एड्सको संक्रमण देखिएपछि औषधि उपचार थाल्ने गर्दा यसको सङ्क्रमण घट्दै जाने देखिएको उनले बताएको छ ।

यही डिसेम्बर १ मा आयोजना गरिने विश्व एड्स दिवसका आवसरमा विश्व स्वास्थ्य संगठनद्धारा सो तथ्यांक अधि सारिएको छ ।सो संगठनले पछिल्ला वर्षहरुमा अफ्रिकाका देशहरुमा समेत एड्सको संक्रमण दर घट्दै गएको पनि देखिएको बताइएको छ ।