मलेसियामा नेपाली सुरक्षागार्डको तारिफ गर्दै मलेसियन गृह मन्त्रालय

रामेछाप खबर संवाददाता

क्वालालम्पुर (मलेसिया):=

मलेसियन सरकारको गृह मन्त्रालयले अब नेपाल बाहेक बंगलादेश, फिलिपिन्स र इन्डोनेसिया देशका नागरिकहरूलाई सुरक्षा गार्ड (सेक्युरिटी गार्ड) को रूपमा काम गर्न अनुमति दिने प्रस्ताव गरेको छ।

बिहिवार ​​गृह मन्त्रालय र सुरक्षा सेवा उद्योगका व्यवसायीबीच भएको बैठकपछि कार्यक्रमकाबीच सञ्चारकर्मिसंको कुराकानीको क्रममा गृहमन्त्री दातुक सेरी हमजाह जैनुदिनले यस्तो जानकारी दिदै ‘उद्योगकर्मी, परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयसँग यस् बिषयमा छलफल गरेपछि त्यसलाई हेर्नेछौँ। यो खबर स्त्थानीय पत्रीका द-स्टार ( The Star ) मा प्रकाशित छ्न।

साथै उनका अनुसार सुरक्षागार्डमा “भारतबाट पनि कामदार लैजाने सक्ने सुझावहरू प्राप्त भएका छ्न। तर हामीले कुनै पनि ठूलो घोषणा गर्नुअघि त्यस् बिषयमा गहिरो अध्ययन गर्नुपर्छ,” सोही अनुसार आगामी दिनमा निर्णय गरिने उनले बताए । सुरक्षा कामदार लिने बारे कुनै समस्या नहोस् भनेर सम्बन्धित मन्त्रालय र संबंधित निकायसँग थप छलफल गर्नेसमेत उनले बताए ।

मलेसियामा कानुन र नियम अनुसार हालसम्म स्थानीय मलेसियन नागरिक र नेपाल देशका (नेपाली) नागरिकहरुले मात्रै सुरक्षागार्डको रुपमा काम गर्न पाउछन् । नेपालीसहित अन्य देशका नागरिकलाई पनि सुरक्षा गार्डको अनुमति दिईएको खण्डमा नेपाली सुरक्षागार्डहरुको रोजगारीमा असर भने पर्ने देखिन्छ । मलेसियामा नेपाली सुरक्षागार्डको कामको तारिफ हुँदै आएको बताइन्छ्।

वैदेशिक रोजगारमा कामदारलाई यस्तो सुबिधा नदिने कम्पनी अब कालोसूचीमा

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले सम्झौताअनुसार सेवासुविधा नदिने विदेशी कम्पनीहरुलाई कालो सूचीमा राखिने बताएका छन् ।

वैदेशिक रोजगारीबाट फर्किएकाहरुसँग वैदेशिक रोजगारी र नेपाली समाजमा पुनःएकीकरणबारे सोमबार भएको छलफलमा मन्त्री श्रेष्ठले सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीहरुलाई कालो सूचीमा राखेर त्यस्ता कम्पनीहरुको श्रम स्वीकृति रोक्ने बताएका हुन् ।

छलफलमा सहभागी वैदेशिक रोजगारीबाट फर्किएका केही कामदारले कोरोना महामारीका कारण रोजगारी गुमाएर बाध्यतावश फर्कंदा पाउनुपर्ने तलब, सुविधासमेत नपाएको गुनासो गर्दै पाउनुपर्ने तलबका लागि पहल गरिदिन माग गरेका थिए ।

सम्झौताअनुसार काम र पारिश्रमिक नपाएको, विरामी हुँदा उपचार नपाएको तथा नेपाल फर्कनुपर्दा चन्दा संकलन गर्नुपरेको गुनासो गर्दै उनीहरुले आवश्यक सीप र दक्षताको अभावमा अन्य देशका कामदार सरह तलब तथा सुविधा नपाएको गुनासोसमेत गरे ।

नेपालबाट श्रम स्वीकृति नपाई बाध्यतावश गैरकानूनी बाटोबाट गएका घरेलु महिला कामदारहरुले अत्यन्तै न्यून तलबमा काम गर्नुपरेको र हिंसाको शिकारसमेत हुनुपरेको उनीहरुले गुनासो गरे ।

छलफलमा वैदेशिक रोजगारीबाट फर्किएकाहरुका साथै आप्रवासी कामदारको पक्षमा काम गरिरहेका गैरसरकारी संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता थियो ।

मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई पुनर्मिलन, सामाजिक तथा आर्थिकरूपमा सशक्तिकरण गर्दै अगाडि बढाउने बताए ।