जन्मीएको ७ दिनमै बुवा बितेर टुहुरो भएका भिम रावलको यस्तो छ भावुक कहानी !

रामेछाप खबर संवाददाता

१६ मंसिर, काठमाडौं ।

चितवनमा सम्पन्न नेकपा एमालेको दशाँै राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका उमेदवार भिम रावल अर्का उमेदवार केपी शर्मा ओली सँग फराकिलो मतान्तरले पराजित भए । यद्यपी उनीप्रति एक खालको सहानुभुती देखिएको छ ।

केपि ओली सँग हार्छु भन्ने जान्दा जान्दै पनि अन्तिम सम्म आफ्नो अडानमा टिकेर बसेका रावलले ओलीलाई सर्वसम्मत अध्यक्ष बन्न नदिएको भनेर ओली पक्षले आलोचना गरिरहँदा पनि कतिपयले रावलको कदमले अल्टीमेट्ली ओलीलाइननै फाइदा पुगेको विश्लेषण पनि गरेका छन् ।

रावलले ओलीले अफर गरेको उपाध्यक्ष पद स्विकार गरेको भए सायद एमालेलेको दशाँै राष्ट्रिय महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न सक्थ्यो । तर विरोधी र आलोचकहरुले गजबको मसाला पनि पाउँने थिए । मुखले जबज भने पनि प्रतिष्पर्धालाई निषेध गरेको, ओलीको अगाडी सबै दास बनेको लगायतका कुराले समाचार र समाजिक संजालका पाना रंगिन्थ्यो कम्तीमा त्यो हुन पाएन भन्ने कर्नर विश्लेषण पनि भएको छ ।

धेरैले भिम रावलले अध्यक्षको उमेदवारी घोषणा गर्दा उपाध्यक्ष पदको बार्गेनिङ भन्ने अर्थमा बुझेका थिए तर रावल अन्तिम सम्म आफ्नो अडानमा टसमस भएनन् र चुनाव भएरै छोड्यो । उनले निकै फराकिलो मतान्तरमा चुनाव हारे तर पनि सन्तोष दिखिएका छन् ।

चर्चामा बस्न रुचाउँने र फण्डानै गरेर सहि चर्चामा सँधै बसिरहनु पर्ने स्वभावका रावलको निजी जीवनका संघर्ष र सफलता भने हरकोहिका लागी प्रेरणादायी रहेको छ । अन्तयन्तै विकट जिल्ला अछाममा जन्मिएर राष्ट्रिय राजनितीमा उनले पाएको यो उचाइ भने लोभलाग्दो छ ।

रावल जन्मिएको ७ दिनमै उनको बुवाको निधन भएको थियो । आफ्नो न्वारन समेत नभइ बुवा गुमाएका टुहुरा सन्तान उनले निकै दुख र कष्ट गरेर यो उचाइ हासिल गरेका हुन् । आमाको माया र हौसलाको पृष्ठभूमिमा उनले ठूलो सफलता पाएका छन् ।

अछाम बाट हिँडेका सात दिनमा इण्डीयाको बाटो हुँदै काठमाडौँ आइपुगेका रावलले निकै संघर्ष गरेर आफ्नो पढाइ पुरा गरेका थिए । पिएचडी सम्मको अध्ययन गरेका उनले आर्थिक अभावकै कारण विचमा झण्डै पढाइ छोडेका थिए त्यसमा पनि आमाले सम्झाएर साथ दिएको बताइन्छ ।

घर बाट हिँडको सात दिनमा इण्डीयाको बाटो हुँदै काठमाडौँ आएर कोही चिनेजानेको मान्छे समेत नभएको शहरमा अन्यन्तै संघर्ष र दुख गरेर विद्यार्थी राजनति गर्दै राष्ट्रिय राजनितीमा जम्प हानेका रावल गृहमन्त्री , रक्षामन्त्री जस्तो महत्वपुर्ण जिम्मेवारी सम्हालिसकेका छन्। ओटीभी