दुखद खबर : मलेसियाको सौचालय भित्रै ढलेका सन्तोष कहिल्यै नफर्किने गरि अस्ताए !

रामेछाप खबर संवाददाता

१५ मंसिर, क्वालालम्पुर (मलेसिया)

मलेसियाको पेनाङ्ग राज्यको पेराई पुलाउ पिनाङ्गमा एक म्यानुफ्याक्चरिङ कम्पनीमा काम गर्दै आएका नेपाली श्रमिकको मृत्यु भएको छ।

आज भन्दा बिगत ५ बर्ष पहिले मोन्टेज ओभरसिस प्राइभेट लिमिटेडबाट तासिन हार्डवेयर एसडिएन बिएचडी नामक कम्पनीमा काम गर्दै आएका सुनसरी जिल्ला निवासी नेपाली श्रमिक सन्तोष कुमार ठाकुरको मृत्यु भएको सोही कम्पनीमा कार्यरत नेपाली सुपरभाइजर शिव खड्काले जानकारी दिनुभयो।

जानकारी अनुसार सन्तोष हिजो मंगलबारको दिन कम्पनीमा काम गर्ने बेलामै साझ करिब ०६:०० बजेको समयमा सौचालय (टोइलेट) मा गएको तर लामो समयसम्म पनि काममा नफर्किएपछि खोजिनिती गर्दै जाँदा दिशा गरिरहेकै अवस्थामा अर्धनग्न अवस्थामा सौचालय भित्रै ढलेको फ़ेला परेका थिए।

सन्तोषले लामो समयसम्म सौचालयको ढोका नखोलेपछी सौचालयमा माथिल्लो तहमा रहेको स्यानो प्वालबाट मोबाईल छिराएर फोटो तान्दा मृत अवस्थामा सौचालय भित्रै ढलेको अवस्थामा देखिएपछि , सौचालयको ढोका फुटालेर चेकजाँच गर्दा मृत्यु भैईसकेको अवस्थामा फ़ेला पारिएको कम्पनी स्रोतले जानकारी दिनुभयो।

जानकारी अनुसार अहिले सन्तोषको मृत् शवको पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा लगिएको छ।सन्तोषको मृत्यु दिशा गर्न सौचालय गएकै बेला हर्ट अट्याक (हृदयघात) भएर मृत्यु भएको हुन सक्ने आशँका गरिएको छ।

मृतक श्रमिक सन्तोषको घरमा आमा,बुवा,श्रिमती र छोराछोरी रहेका छन। कम्पनी स्रोतले दिइएको जानकारी अनुसार मृत शवको पोस्टमार्टम सकिएपछि रिपोर्टको आधारमा शवलाई नेपाल फर्काउने सम्पुर्ण प्रक्रिया थालिने जानकारी दिनुभयो।