आजै रातिदेखि लागू हुने गरि ८ रुपैयाँ घटाइयो पेट्रोलको मूल्य, जनतालाई राहत

रामेछाप खबर संवाददाता

१५ मंसिर, काठमाडौं ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको चपेटामा विभिन्न देशका सर्वसाधारण गर्छन् । मूल्यवृद्धिको कुनै भौगोलिकस सीमा देखिँदैन तर कतिपय सरकारहरूले जनतालाई राहत दिने कार्यक्रम लागू गर्छन् । भारतको नयाँदिल्ली प्रदेश सरकारले जनतालाई राहत दिन पेट्रोलियम पदार्थमा प्रतिलिटर ८ रुपैयाँ भ्याट घटाएको छ ।

सरकारले लिने भ्याट (कर) घटाउँदा यसको प्रत्यक्ष सुविधा जनतालाई पर्नेछ । भ्याट बढी हुँदा जनताले पेट्रोलको मूल्य बढी तिर्नुपर्थ्यो । बुधवार बसेको दिल्ली सरकार मन्त्रिपरिषद् बैठकले ८ रुपैयाँ प्रतिलिटर भ्याट छुट गर्ने निर्णय गरेसँगै मूल्य घटेको छ । दिल्ली सरकारले पेट्रोलमा लाग्ने भ्याटलाई ३० प्रतिशतबाट घटाएर १९.४ प्रतिशतमा झारेको छ । बुधवार रातिदेखि नै घटेको मूल्य लागू हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस वर्ष शुरूदेखि नै पेट्रोलको मूल्य लगातार बढिरहँदा सर्वसाधारण मर्कामा परेपछि दिल्ली सरकारले राहतका लागि भ्याट छुटको निर्णय गरेको छ ।

एनएमबि बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

एनएमबि बैंकले ‘बैंक अफ दी एसिया २०२१’ अवार्ड प्राप्त गरेकाे छ । उक्त अवार्ड प्राप्त गर्ने एनएमबि बैंक नेपालको पहिलाे बैंक हाे ।

‘द फाइनान्सियल टाइमस’काे ‘द बैंकर म्याकेजिन’ले हरेक वर्ष प्रदान गर्ने याे अवार्ड याे वर्षकाे एसियाकै सर्वोत्कृष्ट बैंककाे रूपमा एनएमबि बैंकले प्राप्त गरेकाे हाे ।

प्राप्त सम्मान सार्वजनिक गर्न बैंकले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बैंकका अध्यक्ष पवन गोल्यानले कर्पोरेट क्षेत्रमा मात्रै नभई फरक बैंकिङ अभ्यास गर्ने क्रममा बैंकले साना तथा मझौला उद्यमी, कृषि क्षेत्र, ऊर्जा जस्ता क्षेत्रमा गरिएको लगानी, चुस्त व्यवस्थापन, पारदर्शी बैंकिङ अभ्यास जस्ता बलिया आधारका कारण बैंक एसियाकै सर्वोत्कृष्ट बन्न सकेको बताए ।

एनमबि बैंकका सीईओ सुनिल केसीले एसियाका ४८ मुलुक मध्येकाे सर्वाेत्कृष्ट बैंक बन्नु सबैकाे जित भएको बताए ।

‘बैंकमात्र होइन‚ नेपाल र नेपाल राष्ट्र बैंककाे जित हाे,’ उनले भने, ‘एनएमबि बैंकले पाएकाे याे सम्मान नेपालकै लागि गाैरवकाे विषय हाे ।’ यो सम्मानले आगामी दिनमा बैंकलाई विश्वकै सर्वोत्कृष्ट बैंक बनाउन थप जिम्मेवारी सुम्पिएको पनि उनले बताए ।