धर्म परिवर्तन गराउने पाश्चर आचार्यलाई २ वर्ष कैद सजाय, कति जरिवाना ?

रामेछाप खबर संवाददाता

१५ मंसिर, डोल्पा ।

धर्म परिवर्तन गराएको अभियो’गमा पास्चर केशवराज आचार्यलाई दुई वर्ष कै’द सजा’य सुनाइएको छ । जिल्ला न्यायाधीश केशवराज चपाईंको इजलासले पास्टर केशवराज आचार्यले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ का महिलालाई जबर्ज’स्ती धर्म परिवर्तन गराएको ठ’हर गर्दै २ वर्ष कैद र २० हजार रुपैयाँ जरि’वाना गरेको हो ।

अदा’लतले डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–२ की एक महिलालाई जब’र्जस्ती धर्म परिवर्तन गराएको ठ’हर गर्दै सो स’जाय सुनाएको हो । गत वर्षको चैत ११ गते पोखराबाट पाश्चर आचार्य प’क्राउ परेका थिए ।

गत वर्ष आचार्यले बि’रामी भएका दुई महिलाको उपचार गर्ने भन्दै ‘प्रभु येशुको नाममा हटिजा’ भनेको र ती महिलाहरुको फोटो भिडियो खिचेर प्रचार प्रसार गरेको भन्दै जिल्ला अदा’लत डोल्पामा मु’द्दा परेको थियो । उक्त भिडियो सोसल मिडियामा तीब्र रुपमा भाइ’रलसमेत भएको थियो ।

आचार्य पोखरा चिप्लेढुंगास्थित प्रशस्त कटनी मण्डलका पास्टर हुन् । कुनै धर्म परिवर्तन गराएमा ५ वर्षसम्म कै’द र ५० हजार रुपैयाँसम्म जरि’वाना हुने व्यवस्था छ ।

दोस्रो चरणको आर्थिक सुधारका कार्यक्रम आवश्यक छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा दोस्रो चरणको आर्थिक सुधारका कार्यक्रम आवश्यक रहेको औँल्याउनु भएको छ । कोरोना महामारीपछि नकारात्मक प्रभाव परेको आर्थिक क्षेत्रको सुधार गर्नेपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयाे ।

बुधबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्तीको अवसरमा बोल्दै उहाँले लगानी सुरक्षित गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो । दुई वर्षमा आर्थिक वृद्धि न्युन भएको तर अब त्यो अवस्था नरहने प्रधानमन्त्री देउवाको भनाइ थियो ।