विमानस्थलबाट एकै दिन ११ किलो सुन बरामद, खाडी मुलुकबाट फर्किनेहरूले यसरि ल्याएका थिए

रामेछाप खबर संवाददाता

१५ मंसिर, काठमाडौं ।

विदेशबाट फर्किनेहरूले ल्याएको बाला आकारको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका कर्मचारीले बरामद गरेका छन्। मंगलबार मध्यरात सम्ममा खाडी लगायतका मुलुकबाट फर्किनेहरूले बालाको स्वरूप बनाएर ल्याएका ११ किलो सुन भन्सार कार्यालयले बरामद गरेको हो।

काँचो सुनलाई बाला आकार बनाएर ल्याएका १२१ यात्रुबाट ११ किलो सुन बरामद गरिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए।

बाला आकारमा सुन ल्याएकाहरुले राजश्व तिरेरको खण्डमा फिर्ता दिइएको छ। २१२ यात्रुमध्ये १४७ जनाले राजश्व तिरेर ६ किलो ९८२ ग्राम सुन लगेका छन्। जसबाट ६७ लाख ३० हजार ९१२ रुपैयाँ संकलन भएको जनाइएको छ।

७४ जनाले राजश्व नतिरेका कारण ४ किलो सुन काउन्टरमा डिपोजिट रहेको भट्टराईले जानकारी दिए। राजश्व तिरेर उनीहरुले उक्त सुन लान सक्ने नभए जफत हुने विमानस्थलले जनाएको छ। नियम अनुसार ५० ग्राम सुन भन्सार नतिरि ल्याउन पाइन्छ भने २ सय ग्रामसम्मको सुन भन्सार तिरेर लैजान पाइन्छ।

थप ९ लाख ७२ हजार डोज कोभिशिल्ड खोप नेपाल ल्याइँदै

कोरोना भाइरसविरुद्धको ९ लाख ७२ हजार डोज कोभिशिल्ड खोप नेपाल आउन लागेको छ। कोभ्याक्स सुविधाअन्तर्गत सेरम इस्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ९ लाख ७२ हजार डोज कोभिशिल्ड खोप बुधबार काठमाडौँ आउन लागेको हो।

कोभ्याक्स सुविधाअन्तर्गत नै पहिलो लट ७ लाख २५ हजार डोज खोप मंसिर १३ गते आइसकेको छ। स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका अनुसार आज दिउँसो २ः३५ को कतार एयरको फ्लाइटबाट उक्त खोप नेपाल आइपुग्नेछ।