अध्यक्ष पदबाट पराजित भयपछि भीमब रावलले भावुक हुदै दिए यस्तो प्रतिक्रया !

रामेछाप खबर संवाददाता

१४ मंसिर, काठमाडौं ।

फाइल फोटो
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौँ महाधिवेशनका अध्यक्षका प्रतिस्पर्धी डा भीमबहादुर रावलले आफूले पाएको मत आफ्नाे र पार्टीको ठूलो सफलता भएको बताउनुभएको छ ।

आधिकारिक घोषणा नभएपनि मत परिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको जानकारी बाहिर आएलगत्तै डा रावलले कुराकानीमा आफूले पाएको मत पार्टी र आफ्नो ठूलो सफलता भएको बताउनुभएको हो ।

उहाँले ओली पक्षले उम्मेदवारी नै दर्ता गर्न नदिने योजनाका बीच पनि आफ्नो संघर्षका कारण निर्वाचन भएको बताउनुभयो। डा रावलले भन्नुभयो, ‘मलाई उम्मेदवारी नै दर्ता गर्न नदिने योजना बनाएको अवस्थामा निरन्तरको संघर्षपश्चात उम्मेदवारी दिएर जति मत पाएको छु त्यो मेरो र पार्टीकाे लागि ठूलो सफलता हो ।’

आफ्नो संघर्षका कारण पार्टी केही हदसम्म लोकतान्त्रिक भएको उहाँले प्रारम्भिक प्रतिक्रिया दिनुभएको छ । ‘मैले गरेका संघर्षका कारण विधान कार्यान्वयन भएको छ र केही हदसम्म भएपनि लोकतान्त्रिक प्रक्रिया अगाडि बढेको छ ।’ उहाँले भन्नुभयो ।

एमाले कार्यकर्ताले पूर्व माओवादी रोजे, एमालेकै नेतालाई पत्याएनन्

चितवनमा भएको १०औं महाधिवेशनमा एमाले कार्यकर्ताले आफूसँगै काम गरेका पुराना नेता भन्दा पूर्व माओवादीका नेतालाई पत्याएर पदाधिकारीका विभिन्न पदमा निर्वाचित गरेका छन् ।

एमाले कार्यकर्ताले पार्टीमा लामो समयदेखि दुःख गर्दै आएका नेताहरू घनश्याम भुसाल, भीम आचार्य र टंक कार्कीलाई नरोजेर पूर्व माओवादी नेताहरू रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी र लेखराज भट्टलाई पार्टीमा स्थापित गरेका छन् ।

चितवनमा मंगलबार सम्पन्न एमालेको १०औं महाधिवेशनले बादललाई उपाध्यक्ष, रायमाझी र भट्टलाई सचिवमा निर्वाचित गरेको छ । जबकी उपाध्यक्षमै उम्मेदवारी दिनुभएका घनश्याम भुसाल कार्यकर्ताको रोजाइमा पर्नुभएन ।

६ वटा उपाध्यक्ष पदका लागि विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, सुवास नेम्वाङ र घनश्याम भुसाल गरी ७ जनाको उम्मेवारी परेको थियो । तर, भुसाल बाहेक अरु सबैले निर्वाचित भए । पौडेलले १८५६, शाक्यले १९७६, ज्ञवालीले १८४२, पाण्डेले १९२५, नेम्वाङले १८६५, र बादलले १७६८ मत ल्याउँदा भुसालले भने ७२५ मत मात्रै ल्याए ।

त्यसैगरी ७ जना सचिव पदका लागि रघुवीर महासेठ, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, टंक कार्की र भीम आचार्य गरी ९ जनाको उम्मेदवारी परेको थियो । ती मध्ये कार्की र आचार्य पराजित हुनुभएको छ ।

महासेठले १५१३, विश्वकर्माले १८००, रायमाझीले १७००,भट्टले १७०४, भट्टराईले १९६४, विष्टले १९७६, र अर्यालले १८०० मत ल्याएर विजयी हुँदा पराजित कार्कीले ५ सय र आचार्यले १३ सय मत प्राप्त गर्नुभयो ।