रावललाई भारी मतान्तरले पछि पार्दै विजयनिकट पुगे ओली

रामेछाप खबर संवाददाता

१४ मंसिर, काठमाडौं ।

नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओली विजय निकट पुगेका छन् । उनी आफ्ना प्रतिस्पर्धी भीम रावललाई भारी मतान्तरले पछि पार्दै विजय निकट पुगेका हुन् । विद्युतीय भोटिङमार्फत भएको मतदानमा २ हजार ९६ जना प्रतिनिधिले भोट हालेका थिए ।

निर्वाचन आयोगका अनुसार ओलीले रावललाई धेरै फराकिलो मतले पछि पारेका हुन् । अहिले सौराहाको होटल सेभेन स्टारको एलिफेन्ट कन्फ्रेन्स हलमा मतगणना भइरहेको छ । निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले मतगणना सुरू भएको दुई घण्टामै परिणाम सार्वजनिक भइसक्ने बताएका छन् ।

मुख्यमन्त्री शाहीद्वारा विश्वासकाे मत लिन प्रस्ताव पेस, भोलि विश्वासको मत लिने

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठकमा प्रस्ताव पेस गर्नुभएकाे छ । आज मङ्गलवार बसेको हिउँदे प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिनका लागि प्रस्ताव पेस गर्नुभएकाे हाे ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइ सक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । मुख्यमन्त्री शाही तीन दलीय गठबन्धनको समर्थनमा गएकाे कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे ।
उहाँले विश्वासको मत भने भोलि बुधवार लिनु हुनेछ । प्रमुख प्रतिपक्ष दल एमाले उपस्थित नभएकाले विश्वासको मत भोलि लिने प्रदेश सभा सचिवालयले जनाएको छ । बैठक भोलि १ बजेसम्मका लागि स्थगित भएको छ ।