प्रजनन क्षमता बढाउन के गर्नुपर्छ पुरूषले ?

रामेछाप खबर संवाददाता

१३ मंसिर, काठमाडौं ।

पुरुषमा यति उमेरसम्म प्रजनन हुन्छ भनेर यकिन गर्न सकिदैँन । सामान्यतया, महिलामा महिनावारी भइरहेको समयसम्म प्रजनन क्षमता भएको मानिन्छ ।
त्यस्तै शुक्रकिटको क्वालिटीका आधारमा पुरुषको क्षमता भर पर्छ । अर्थात्, शुक्रकिट उत्पादन भइरहेता पनि कतिपयमा प्रजनन क्षमता हुँदैन । एउटा स्वस्थ्य वयस्क व्यक्तिमा प्रत्येक दिन सय देखि दुई सयम मिलियि शुक्रकिट उत्पादन भइरहेको हुन्छ ।

सामान्यतया ४५ वर्षपछिको उमेरमा झण्डै २५ प्रतिशतका दरले प्रजनन क्षमता घट्दै जान्छ, तर यो सबैमा लागू हुँदैन । कति उमेरसम्म शुक्रकिट उत्पादन हुन्छ, भन्ने विषय जीवनशैली र स्वास्थ्यमा भर पर्छ ।

– स्वास्थ्य खानपान र जीवनशैलीः

पछिल्लो समय अव्यावहारिक र अस्वस्थ्य जीवनशैलीका कारण प्रजनन क्षमतामा कमी आइरहेको पाइन्छ । बाह्य कारणले हाइपोथाइरोइड हर्मोनमा परिवर्तन आउँदासमेत प्रजनन क्षमता घट्छ । प्रजनन क्षमता बढाउन खानपानमा ध्यानदिनु आवश्यक छ । स्वास्थ्य खानपानले शुक्राणुको क्षमता बढाउन सहयोग गर्छ । सामान्यतया सौँफ, गाँजर, अश्वगन्धा, माछा, भिटामिन डीजन्य खाद्यवस्तुको उपयोगले प्रजनन क्षमता बढाउने मान्यता राखिन्छ ।

– प्रजनन रोगबाट बच्नेः

प्रजनन अंगमा लाग्ने विभिन्न रोगका कारण प्रजनन क्षमतामा कमी आइरहेको पाइन्छ । जस्तै– यौन रोग, अण्डकोष सुन्निने, हाइड्रोसिल, दादुरा, ठेउला लगाएत विभिन्न रोगका कारण प्रजनन क्षमतामा कमी आउने गर्छ । तसर्थ यस्ता रोगबाट बच्ने र लागिहालेमा समयमै उपचार लगरेमा प्रजनन क्षमता घट्नबाट बचाउन सकिन्छ ।

– उच्च तापक्रमबाट टाढा रहनेः

प्रजनन क्षमतामा कमी आउनुको अर्को मुख्य कारण उच्चा तापक्रम पनि हो । सामान्यतया अण्डकोषको तापक्रम एक डिग्री सेल्सियस भन्दा कम भएमा मात्र प्रणीले शुक्राणु पैदा गर्न सक्छ । तसर्थ अत्यधिक गर्मीमा लामो समय नबस्ने गर्नाले प्रजनन क्षमता बढाउन सकिन्छ ।

– चोटपटक बाट बच्नेः

विभिन्न कारणले अण्डकोषमा पर्ने असरबाट जोगिन आवश्यक हुन्छ । अण्डकोषमा चोट लाग्दा विर्य उत्पादन नहुने, स्खलनमा समस्या आउने गर्छ । तसर्थ खासगरि खेलमा सक्रिय हुने व्यक्तिले चोटपटक लाग्नबाट बच्नुपर्छ ।