तपाईंको शरीरको उचाई अनुसार तपाईंको तौल कति हुनु पर्दछ ?

रामेछाप खबर संवाददाता

काठमाडौं ।

तपाईं हाम्रो अस्वास्थकर खानपान, जीवनशैली, हर्मोनल परिवर्तन जस्ता थुप्रै कारणले तौल बढ्छ । तौल बढी हुनु वा घटी हुनु भनेको शारीरिक समस्या हो । अस्वभाविक तौल बढी हुनाले विभिन्न रोग निम्त्याउँछ । शरीर भद्दा देखिन्छ । अस्वभाविक रुपमा कम तौल हुनु पनि स्वास्थका हिसाबले ठीक होइन ।

मानिसको तौल कति हुनुपर्छ ? यसको जवाफ उक्त व्यक्तिको उचाई र शारीरिक बनौटलाई आधार मानेर दिन सकिन्छ ।

शरीरको तौल बढी हुनु र कम हुनु दुबै रोगको संकेत हो । त्यसैले आफ्नो तौलबारे जानकार हुनुपर्छ । यसका लागि सहि तरिका हो, बिएमआई अर्थात बडी मास इन्डेक्स । यो मोटोपन जाँच्ने सर्वमान्य मानक हो ।

कसरी जाँच्ने त तौल कति हुनु पर्छ भनेर ?

हाम्रो शरीरको लम्बाई र तौलको हिसाब बिएमअईबाट निकाल्न सकिन्छ । तपाईले आफ्नो शरीरको लम्बाई सेन्टिमिटरमा नाप्नुपर्छ र, त्यसमा १ सय घटाउनुपर्छ । जस्तो कि, तपाईको शरीरको लम्बाई ५ फिट दशमलव ५ इन्च छ भने तपाईको सेन्टिमिटरमा यो एक सय ७० सेन्टिमिटर हो । अब यसबाट १०० घटाइदिने हो भने, बाँकी ७० रहन्छ ।

अतः तपाईको उचाई ५ फिट ५ इन्चको छ भने, तौल ७० केजी हुनुपर्छ । यो भन्दा कम वा बढी तौल सहि हुन्न । हाम्रो औसत उचाई पाँच फिट भन्दा माथि हुन्छ ।

– पाँच फिट उचाई भएको मानिसको तौल ५० देखि ५४ केजीसम्म सामन्य हो । – ५ फिट १ इन्च उचाई भएको व्यक्तिको तौल ५१ देखि ५५ केजीसम्म सामन्य हो । – ५ फिट २ इन्च उचाई भएको व्यक्तिको तौल ५६ देखि ६० केजीसम्म सामन्य हो । – ५ फिट ३ इन्च उचाई भएको व्यक्तिको तौल ५७ देखि ६१ केजीसम्म सामन्य हो । – ५ फिट ४ इन्च उचाई भएको व्यक्तिको तौल ५८ देखि ६३ केजीसम्म सामन्य हो ।

– ५ फिट ५ इन्च उचाई भएको व्यक्तिको तौल ६० देखि ६५ केजीसम्म सामन्य हो । – ५ फिट ६ इन्च उचाई भएको व्यक्तिको तौल ६१ देखि ६६ केजीसम्म सामन्य हो । – ५ फिट ७ इन्च उचाई भएको व्यक्तिको तौल ६४ देखि ६९ केजीसम्म सामन्य हो । – ५ फिट ८ इन्च उचाई भएको व्यक्तिको तौल ६५ देखि ७० केजीसम्म सामन्य हो ।

– ५ फिट ९ इन्च उचाई भएको व्यक्तिको तौल ६७ देखि ७२ केजीसम्म सामन्य हो । – ६ फिट उचाई भएको व्यक्तिको तौल ७३ देखि ७८ केजीसम्म सामन्य हो । – ६ फिट १ इन्च उचाई भएको व्यक्तिको तौल ७३ देखि ८० केजीसम्म सामन्य हो । – ६ फिट २ इन्च उचाई भएको व्यक्तिको तौल ७७ देखि ८३ केजीसम्म सामन्य हो । – ६ फिट ३ इन्च उचाई भएको व्यक्तिको तौल ७९ देखि ८५ केजीसम्म सामन्य हो ।

सामन्य भन्दा बढी तौल हुनु भनेको शरीरमा रोगको संभावना बढ्नु पनि हो । त्यसैले सकेसम्म तौललाई नियन्त्रण गर्नुपर्छ । असामन्य माटोपनले मधुमेह, उच्च रक्तचाप लगायत हृदय रोगको खतरा बढाउँछ । कम तौल हुनु पनि राम्रो होइन सदैब स्वास्थ हुनको लागि आफ्नो शरीरको तौलमा ध्यान दिनु पर्दछ ।