रुनु पनि फाइदा छ, थाहा पाइराख्नुहोस्

रामेछाप खबर संवाददाता

काठमाडौं ।

रुनु प्राकृतिक कुरा हो । कुनै पीडा भए वा कुनै चोट लागेमा मानिस नचाहँदा नचाहँदै पनि रुन्छ । तर सामान्यतया मानिस दुख, पीडा परेपछि मात्र रुने गर्छन् । कहिलेकाहीँ खुसी हुँदा पनि मानिस स्वतः रुन पुग्छ । तथापि रुनु समाजले राम्रो मान्दैन । यसले कमजोर बनाउने सामाजिक मान्यता छ । तर स्वास्थ्यको दृष्टिले भने रुनु लाभदायी मानिन्छ ।

चिकित्सकका अनुसार रुँदा स्वास्थ्यलाई असर गर्दैन । रोएपछि तनावमुक्त र हलुका महसुस हुने चिकित्सक बताउँछन् । यदि स–साना कुरामा पनि मानिसको आशु झर्छ भने यसले मानिसलाई मानसिक तनावबाट मुक्ति दिलाउँछ । तर तनावमा हुँदा पनि मानिसको आँसु आएन भने व्यक्ति शारीरिक र मानसिक रूपले अस्वस्थ रहेको बुझिन्छ ।

यी हुन् रुँदा हुने फाइदा :
तनाव कम हुने, रिस कम हुने, प्रतिरोधी क्षमतामा सकारात्मक प्रभाव पर्ने, कीटाणु हटाउने, आँखाको शक्ति बढ्ने, विषाक्त पदार्थ बाहिर निस्कने

सुत्दा घुर्ने बानी छ ? यसरी हटाउनुहोस्

कतिपय मानिसमा सुत्दा घुर्ने बानी हुन्छ । यो समस्याले स्वयं व्यक्तिलाई भन्दा पनि सँगैको अर्को मानिसलाई बढी असर पुर्‍याउँछ ।
किन घुर्छ मानिस ? घाँटी र नाकको श्वास नली अप्राकृतिक ढङ्गले टालिन्छ वा बन्द हुन्छ । तब साँघुरो नलीबाट छिटो हावा पार हुने क्रममा घुरेको आवाज आउँछ। यही घुर्ने समस्याले धेरैलाई अप्ठेरोमा पार्दछ ।

यसबाट छुटकारा पाउन के गर्ने ?
अत्यधिक धूम्रपान, मद्यपान र लागु औषधबाट टाढा रहने । नियमित रूपमा व्यायाम गर्ने । प्रशस्त मात्रामा पानी पिउने । सुत्नु अघि ३ घण्टा अगाडी खाना खाने ।
खानामा कम मसला, चिल्लो, पिरो खाने । सुत्दा उत्तानो परेर नभई कोल्टे परेर सुत्ने । मोटोपन घटाउने । राती सुत्दा झ्याल वा भेन्टिलेसनबाट थोरै हावा आवतजावत हुन दिने, अत्यधिक घुर्ने समस्या भए चिकित्सकको परामर्श लिने ।