ओमिक्रोन भेरियन्टको चिन्ताबीच सिंगापुर र मलेसियाले खोले सीमा, कस्ता ब्याक्ति प्रवेश गर्न पाउँछन ?

रामेछाप खबर संवाददाता

१३ मंसिर, काठमाडौं ।

सिंगापुर र मलेसियाले विश्वकै सबैभन्दा व्यस्तमध्ये एक भू–सीमा सोमबार पुनः खोलेका छन् । कोभिड–१९ महामारीका कारण झन्डै दुई वर्षदेखि बन्द रहेको सीमा खोप लगाएका मानिसलाई वारपार गर्न दिनेगरी खुला गरिएको हो ।

परिवार र इस्टमित्रसँग पुनर्मिलन गर्ने अवसरलाई यात्रुहरूले स्वागत गरेका छन् । यद्यपि, कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण पुनः सीमा बन्द हुन सक्ने चिन्ता व्यक्त गरिएको छ । महामारीअघि दैनिक तीन लाखसम्म मलेसियाली सिंगापुर आउने–जाने गर्थे । सन् २०२० मार्चमा अकस्मात् सीमा बन्द गरिएपछि दुवैतिरका दशौँ हजार मानिस आफ्नो परिवारबाट बिछोडिएका थिए ।

एक–अर्को देशमा प्रवेश गर्न कोभिड–१९ नेगेटिभ हुनैपर्नेछ भने अन–अराइभल परीक्षण पनि गर्नुपर्नेछ । सोमबार सिंगापुरका प्रधानमन्त्री ली हसेन लुङले मलेसियाली समकक्षी इस्माइल सब्री याकोबलाई एक भू–सीमामा स्वागत गरे । प्रधानमन्त्रीको रूपमा याकोबको यो पहिलो आधिकारिक भ्रमण हो ।

दुवै देशले डिसेम्बरको मध्यदेखि सर्वसाधारणलाई सीमा खुला गर्ने लक्ष्य राखेको संयुक्त पत्रकार सम्मेलनमा सिंगापुरका प्रधानमन्त्री लीले बताए ।

यसकारण मलेसियामा नेपालीको लागी सेक्युरिटी रोजगारी खतरामा !

मलेसियन सरकारको गृह मन्त्रालयले अब नेपाल बाहेक बंगलादेश, फिलिपिन्स र इन्डोनेसिया देशका नागरिकहरूलाई सुरक्षा गार्ड (सेक्युरिटी गार्ड) को रूपमा काम गर्न अनुमति दिने प्रस्ताव गरेको छ।

बिहिवार ​​गृह मन्त्रालय र सुरक्षा सेवा उद्योगका व्यवसायीबीच भएको बैठकपछि कार्यक्रमकाबीच सञ्चारकर्मिसंको कुराकानीको क्रममा गृहमन्त्री दातुक सेरी हमजाह जैनुदिनले यस्तो जानकारी दिदै ‘उद्योगकर्मी, परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयसँग यस् बिषयमा छलफल गरेपछि त्यसलाई हेर्नेछौँ।

यो खबर स्त्थानीय पत्रीका द-स्टार ( The Star ) मा प्रकाशित छ। साथै उनका अनुसार सुरक्षागार्डमा “भारतबाट पनि कामदार लैजाने सक्ने सुझावहरू प्राप्त भएका छ्न। तर हामीले कुनै पनि ठूलो घोषणा गर्नुअघि त्यस् बिषयमा गहिरो अध्ययन गर्नुपर्छ,” सोही अनुसार आगामी दिनमा निर्णय गरिने उनले बताए ।

सुरक्षा कामदार लिने बारे कुनै समस्या नहोस् भनेर सम्बन्धित मन्त्रालय र संबंधित निकायसँग थप छलफल गर्नेसमेत उनले बताए । मलेसियामा कानुन र नियम अनुसार हालसम्म स्थानीय मलेसियन नागरिक र नेपाल देशका (नेपाली) नागरिकहरुले मात्रै सुरक्षागार्डको रुपमा काम गर्न पाउछन् ।

नेपालीसहित अन्य देशका नागरिकलाई पनि सुरक्षा गार्डको अनुमति दिईएको खण्डमा नेपाली सुरक्षागार्डहरुको रोजगारीमा असर भने पर्ने देखिन्छ । मलेसियामा नेपाली सुरक्षागार्डको कामको तारिफ हुँदै आएको बताइन्छ्।