प्रभास बने भारतकै सबैभन्दा महँगा हिरो, कति लिए पारिश्रमिक ?

रामेछाप खबर संवाददाता

काठमाडौं ।

प्रभास भारतकै सबैभन्दा महँगा अभिनेता बनेका छन्। उनले एउटा फिल्मका लागि १५० करोड भारु लिएर सबैभन्दा महँगा अभिनेता बनेका हुन्। बलिउड हंगामाका अनुसार प्रभासले स्प्रिट नामक फिल्मका लागि १५० करोड भारु पारिश्रमिक लिएका छन्। यसअघि उनले आदिपुरुषका लागि पनि १५० करोड भारु लिएको बताइएको छ।

पूरा भारतमा फ्यान फलोवर्स रहेको भन्दै निर्माताहरु प्रभासलाई महंगो शुल्क तिर्न हिच्किचाउँदैन्। बलिउड हंगामाका अनुसार कोरोनाकालपछि प्रभासलाई लिएर टिसिरिजका मालिक भुषण कुमारले अहिलेसम्मकै महँगो फिल्म बनाउन लागेका छन्।

उनले प्रभासलाई लिएर राधश्याम, आदिपुरुष र स्प्रिटका लागि अनुबन्ध गरेका छन्। बलिउडमा यसअघि सलमान खानले सुल्तान र टाइगर जिन्दा हैका लागि सय करोड भारु पारिश्रमिक लिएका थिए। पछिल्लो समय अक्षय कुमार पनि सय करोड भारु पारिश्रमिक लिन थालेको बताइएको छ।

यि युवकसँग बिहे गर्दै छिन अभिनेत्री कंगना रनौत, कुनै समय थिईन प्रेमि अदित्य पन्चौलीसँग लिभ इनमा

फिल्म गैंगस्टर’ मार्फत बलिउडमा डेक्यु गरेकी चर्चित नायिका हुन् कंगना रनौत । २००६ मा आफ्नो पहिलो फिल्म गैंगस्टर’बाट नै करीयर अगाडि बढाएकी हुन् । उनि बलिउडकी एक सफल अभिनेत्री समेत रहेकी छिन् । दर्जनौ जति फिल्ममा अभिनय गरेकी उनि हरेक फन्डा रचेर चर्चामा आउने गर्दछिन् ।

उनलाई बलिउड चलचित्र उद्योगकी क्विन मान्ने गरिन्छ। उनि फिल्मका अवला सामाजिक संजालमान पनि उतिकै सक्रिय रहेकी छिन् । कंगनाले समय समयमा आफ्नो बाल्यकालको तस्बिर शेयर गर्दै आइरहेकी हुन्छिन ।चलचित्र जजमेन्टल हे क्या’ र चलचिको मुख्य अभिनेत्री रहेकी उनि विवादमा पनि तानिएकी थिइन् । पछिल्लो समय चलचित्रको गीत सार्वजनिक कार्यक्रमको समयमा कंगना रनावतको एक पत्रकारसँग चर्का चर्कि समेत भएको थियो ।

आफ्नो कामले कंगना धेरै महिलाहरुको प्रेरणाको स्रोत बनेकी छिन् । कंगनाले यो भन्दा अगाडि फिल्म क्विन’ चलचित्रमा काम गरीसकेकी छिन् । उनि फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । कंगनाको अभिनयलाई धेरै दर्शकहरुले रुचाएका हुन्छन् ।

कंगना र अदित्य पन्चौलीको उमेरमा निकै फरक छ। तर एक समय कंगना र आदित्य लिभ इनमा बस्थे। केहि समयपछि आदित्यले कंगनामाथि अत्याचार गर्न सुरु गरे। जसको विरुद्द कंगनाले उजुरी दर्ता गराएकी थिइन्। अहिले उनि एक्लै बस्दै आएकी छिन् ।