विमानको रङ प्रायः किन सेतो हुन्छ ? यस्ता छन् वैज्ञानिक कारण

रामेछाप खबर संवाददाता

काठमाडौं ।

तपाईले कहिल्यै सोच्नु भएको छ विमानको रङ प्रायःजसो सेतो किन हुन्छ ? यसको वैज्ञानिक र आर्थिक दुवै कारण छन् । पहिलो कारण त तातोबाट जोगिन हो । रनवे देखि उड्दासम्म अधिकतम समय विमान घाममा रहन्छ । यसमा सुर्यको इन्फ्रारेड किरण सिधै पर्छ । सेतो रङले सुर्यको किरणलाई रिफलेक्ट गरिदिन्छ । जसबाट विमान तातो हुँदैन र भित्र तापमान नियन्त्रित रहन्छ ।

अर्को कारण, विमानको बडी पार्ट सेतो रङको भए टाढैबाट सजिलै देख्न सकिन्छ । तर अन्य रङमा भने राम्रोसँग देख्न सकिदैन् । सेतो रङमा भिजिविलिटी अर्थात दु्श्यता अन्य रगको तुलनामा धेरै हुन्छ । यो रगलाई अन्धकारमा पनि सजिलै देख्न सकिन्छ । यसको साथै धेरै समय घाममा रहँदा अन्य रगहरु छिटै बिग्रने हुन्छ । जबकी सेतो रगमा लामो समयसम्म टिकीरहन्छ । यसले गर्दा पटक–पटक लाग्ने खर्च पनि बचाउँछ ।

२०११ को ह्युमन वाइल्डलाइफ इन्टरेक्शनमा प्रकाशित एक रिपोर्ट अनुसार सेतो रगबाट पक्षीहरु पनि टाढा भाग्छन् । अध्ययनबाट गहिरो र हल्का नीलो रगको विमानको रगबाट भन्दा सेतो रगको विमानमा चराहरुको घटना कम हुन्छन् । पक्षीले सेतो रगको विमानलाई सजिलै अन्दाज लगाउन सक्ने भएकोले आवश्यकता अनुसार आफ्नो दिशा परिवर्तन गर्न सक्छन् ।

सबैभन्दा कम समयमा जन्मिएको शिशु

आमाको गर्भमा केवल २१ साता र एक दिन रहेर अमेरिकामा जन्मिएका एक शिशुलाई विश्वमै कम समयमा जन्मिने जीवित शिशुका रूपमा प्रमाणित गरिएको छ। जन्मिँदा ती शिशुको तौल एक पाउन्डभन्दा कम थियो।

कर्टिस मीन्सको जन्म १६ महिनाअघि अलाबामामा भएको हो। त्यतिबेला उनको तौल ४२० ग्राम मात्र थियो। गिनिज वर्ल्ड रेकर्डले ती बालकले अकाल जन्ममा नयाँ कीर्तिमान राखेको पुष्टि गरेको छ। सामान्य रूपमा मानिसको गर्भावस्थाको समय ४० हप्ताको हुन्छ। तर कर्टिस समय पुग्नुभन्दा १९ हप्ताअघि नै जन्मिएका थिए।

उनकी आमा मिशेल बट्लरलाई सन् २०२० को जुलाई ४ मा प्रसवपीडा सुरु भएपछि अस्पताल पुर्‍याइएको थियो।भोलिपल्ट उनले जुम्ल्याहा बच्चा कर्टिस र सीअआस्यालाई जन्म दिइन्। तर अर्को दिन सीआस्याको मृत्यु भयो।

समयभन्दा त्यति अगाडि जन्मिने बच्चा बाँच्ने सम्भावना निकै कम हुने बताइन्छ। यस्तो अवस्थामा एक प्रतिशतभन्दा कम शिशु मात्रै जीवित रहन्छन्।