नेपाली बजारमा सुनको मूल्य घट्यो, आज कतिमा हुदैछ कारोवार ?

रामेछाप खबर संवाददाता

१३ मंसिर, काठमाडौं ।

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार १००मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु १०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ५०० कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला रु ९१ हजार ६०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २२० तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।

महालक्ष्मी विकास बैंकद्वारा २१.०५ % लाभांश घोषणा

महालक्ष्मी विकास बैंकले गत आव २०७७/ ७८ को मुनाफाबाट २१ दशमलव शून्य ५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले चुक्तापूँजीको २० प्रतिशतले हुन आउने बोनस शेयर तथा कर प्रयोजनका लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको हो ।

उक्त घोषणा कम्पनीको आइतवार बसेको सञ्चालक समितिको बैठकले गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।

हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ३४ करोड २४ लाख २ हजार रहेको छ ।