गधाको दूधको पनिर सबैभन्दा महँगो !

रामेछाप खबर संवाददाता

काठमाडौं ।

गधा एक समझदार जनावर हो। गधालाई करिब ५ हजार वर्षभन्दा अगाडिदेखि पृथ्वीमा सामान ढुवानीको साधनका रूपमा प्रयोग गरिँदै आएको छ। कतिपय देशमा दूधका लागि पनि यसलाई पाल्छन्। अचम्मको कुरा के छ भने संसारको सबैभन्दा महँगो पनिर गधाको दूधको…

गधा एक समझदार जनावर हो। गधालाई करिब ५ हजार वर्षभन्दा अगाडिदेखि पृथ्वीमा सामान ढुवानीको साधनका रूपमा प्रयोग गरिँदै आएको छ। कतिपय देशमा दूधका लागि पनि यसलाई पाल्छन्। अचम्मको कुरा के छ भने संसारको सबैभन्दा महँगो पनिर गधाको दूधको हुन्छ। यसको दूधबाट बनेको पनिरको मूल्य १ लाख ३५ हजार प्रतिकिलो छ। यसको दूधबाट बनेको पनिर र चिजमा विशेष स्वाद हुन्छ, जुन अरू कुनैको दूधमा हुँदैन। जानौं गधासम्बन्धी केही रोचक तथ्य,

– संसारमा करिब ४४ मिलियन गधा छन्। – एक स्वस्थ गधा ४० वर्षसम्म बाँच्छ – पानी पर्‍यो भने गधालाई रिस उठ्छ। – गधाले २५ वर्षअगाडि आफू बसेको ठाउँ सम्झन सक्छ। – गधाको बच्चा जन्मिएको ३० मिनेटमै उठ्न सक्छ।

– अरू जनावरको तुलनामा गधा र मानिसको दूधमा धेरै समानता हुन्छ।– सामान ओसार–पसार गर्न पनि प्राचीन समयदेखि नै गधाको प्रयोग गरिँदै आएको छ। – संसारको सबैभन्दा महँगो पनिर गधाको दूधको हुन्छ। यसको २५ किलो दूधबाट जम्मा १ किलो पनिर बन्छ। – यसको दूधबाट साबुन पनि बनाइन्छ।

– एक दिनमा गधाको १ लिटर पनि दूध आउँदैन। – संसारको सबैभन्दा सानो गधा अमेरिकामा छ। जसको उचाइ २५ इन्च मात्रै छ।
– भनिन्छ प्राचीन मिश्रकी रानी क्लियोपेट्रा राम्री देखिनका लागि गधाको दूधले नुहाउँथिन्। – गधाले लगभग ६० माइल टाढा रहेको अर्को गधाको आवाज सुन्न सक्छ।

– बिहान–बेलुका गधाहरू बढी सक्रिय हुन्छन्। दिउँसो गर्मीका कारण आराम गर्न रुचाउँछन्। – गधा शाकाहारी जनावर हो। यसले फलफूल, पातपतिङ्गर आदि खाएर गुजारा चलाउँछ। – एउटै आकारको घोडा र गधाको तुलना गर्ने हो भने घोडाभन्दा गधा धेरै बलियो हुन्छ। – गधा भुइँमा सुत्न मन पराउँछ।

– गधाले घोडा तथा जेब्रा आदिसँग स’म्भोग गरेर पनि बच्चा जन्माउँछ। – गधा र घोडीको स’म्भोगबाट जन्मिएको बच्चालाई खच्चर भनिन्छ। – गधाको ग’र्भधारण अवधि लगभग १२ महिनाको हुन्छ।

– संसारको सबैभन्दा धेरै गधा पाइने देश इथियोपिया हो। जहाँ करिब ७ मिलियनभन्दा बढी गधा पाइन्छन्। त्यसपछि चीन, पाकिस्तान तथा मेक्सिकोमा बढी मात्रामा गधा पाइन्छन्।

(विभिन्न एजेन्सीको सहयोगमा)