धेरैलाई थाहा नहुन सक्छ,औषधिको पछाडि हुने रातो धर्काको अर्थ के हो !

रामेछाप खबर संवाददाता

काठमाडौं ।

हामीलाई थाहा छ कि डाक्टरको सल्लाह बिना औषधि खानु हुँदैन । तर सामान्यतय टाउको दुखेदेखि झाडावान्ता हुँदा भने कुन औषधि खाने भन्ने धेरैलाई ‘कन्ठ’ जस्तै भइसकेको हुन्छ र यस्तो भएमा हामी आँफै पनि औषधि खाने गरेका छौं । यो कुरा पनि थाहा नहुनेहरूका लागि भने विज्ञ ‘मेडिकल सञ्चालक’ हुन् ।

हामीमध्ये कतिपयले याद गरेका हुँदैनौं कि कुनै औषधिमा विशेष संकेत पनि हुन्छ भनेर । तपाईंले एकप्रति ट्याब्लेट औषधिको पछाडि हेर्नुभयो भने अधिकांशमा रातो धर्का देख्न सक्नुहुन्छ, दुखाइ कम गर्ने कडा औषधि र एन्टिबायोटिक्समा विशेषगरी यस्तो संकेत कोरिएको हुन्छ ।

यिनको खोलमा पनि यस्तो धर्सा हुन्छ ।यसरी औषधीमा कोरिएको रातो धर्काको हो – डाक्टरको सुझाव वा प्रेसक्रिप्सनबिना खान नहुने ।

हालै भारतको स्वास्थ्य मन्त्रालयले पनि यसबारे जानकारी दिँदै जथाभावी औषधि नखान सुझाएको छ । मन्त्रालयको ट्विटरमा ‘रातो धर्का भएका औषधि डाक्टरको सल्लाह बिना नखानुस् । तपाईं जिम्मेवार भए औषधिले पनि राम्रो काम गर्छ ।’

मुम्बई मिररका अनुसार खासमा यो रातो धर्सा भएको औषधि मेडिकल पसलहरूमा पनि डाक्टरको सुझाव लेखिएको पत्रबिना बेच्न पाइँदैन । त्यसैले ध्यान पुर्‍याउनुहोस्, चेतावनीसहित आएको औषधि यसै खाँदा ज्यानलाई राहतको साटो जोखिम बढ्न सक्छ ।