काठमाडौंको दरबारमार्गबाट तीन जना चिनियाँ नागरिक पक्राउ, कारण थाहा पाउदा उड्यो सबैको होस्

रामेछाप खबर संवाददाता

१२ मंसिर, काठमाडौं ।

काठमाडौंको दरबारमार्गबाट तीन जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। शनबार राति १ बजे दरबारमार्गमा होहल्ला गरिरहेपछि पुगेको प्रहरीसँग लफडा गर्न थालेपछि उनीहरुलाई पक्राउ गरिएको दरबारमार्ग बृत्तका डीएसपी विश्व खड्काले बताए। पक्राउ पर्नेमा च्याङ स्याङ, खाली र निशा रहेका छन्। उनीहरुविरुद्ध प्रहरीले अभद्र व्यवहारमा म्याद थपको तयारी गरेको छ।

झापामा शर्मा पक्षलाई सिटौला पक्षले उछिन्यो

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेताहरू कृष्णप्रसाद सिटौला र विश्वप्रकाश शर्माले प्रतिनिधित्व गर्ने झापा जिल्लाको सभापतिमा रोचक प्रतिस्पर्धा देखिएको छ । झापामा सिटौला पक्षका देउमान थेवे र शर्मा पक्षका रामबहादुर कट्टेलबीच प्रतिस्पर्धा भइरहेको छ ।

मतगणनाको पछिल्लो परिणामअनुसार सिटौला पक्षका थेवेले शर्मा पक्षका कट्टेललाई २८ मतले उछिनेका छन् । थेवेको १४३९ छ भने कट्टेलको १४११ मत छ । यसअघि कट्टेल थेवेभन्दा २९ मतले अगाडि थिए । मतदानमा जम्मा ३३१९ मत खसेकाे छ ।

सिटौलाको पकड रहेको क्षेत्र नम्बर ३ को मत गन्न बाँकी नै छ । यसका बीच पनि सिटौला पक्ष अघि देखिएको हो । दुवै समूहले प्यानल नै बनाएर उम्मेदवारी दिएका छन् ।