बढ्यो डलरको भाउ,अन्य देशको मुद्राको विनिमयदर के छ ?

रामेछाप खबर संवाददाता

१२ मंसिर, काठमाडौं ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एक खरिददर अधिकतम ११९ रुपैयाँ ५० रुपैयाँ पुगेको छ भने बिक्रीदर १२० रुपैयाँ १० पैसा पुगेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३५ रुपैयाँ २७ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ १० पैसा र बिक्रीदर १५९ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५९ पैसा रहेको छ भन अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २२ पैसा र बिक्रीदर ८५ रुपैयाँ ६४ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर ९३ रुपैयाँ ७० पैसा रहेको छ भने विक्रीदर ९४ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यता जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४७ पैसा र विक्रीदर १० रुपैयाँ ५२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७० पैसा र विक्रीदर १८ रुपैयाँ ८० पैसा रहेको बैंकले जनाएको छ ।

यता साउदी अरबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ८५ पैसा र विक्रीदर ३२ रुपैयाँ ०१ पैसा रहेकोमा कतारी रियाल आज एकको खरिदर अधिकतम ३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंककाे संस्थापक सेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएकाे छ । बैंकले ४१ हजार ८ सय २७ कित्ता संस्थापक समूहकाे सेयरहरू बिक्री गर्न लागेकाे हाे ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको छ ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएकाे छ ।