जाजरकोटमा बस दुर्घटना : ५ जनाको मृत्यु, २५ जना घाइते

रामेछाप खबर संवाददाता

१२ मंसिर, काठमाडौं ।

जाजरकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ, भने २५ जना घाइते भएका छन् । आज बिहान साढे २ बजेतिर नेपालगञ्जबाट जाजरकोटको कालीमाटीतर्फ जाँदै गरेको ना६ख २७५७ नम्बरको बस जाजरकोटको भेरी नगरपालिका-१३ बराहचौरमा दुर्घटना भएको हो ।

दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले दिए । प्रहरीका अनुसार मृतकहरुको सनाखत भइसकेको छैन । दुर्घटनामा घाइतेहरुमध्ये तीन जनाको अवस्था गम्भीर छ । घाइतेहरू सबैलाई उपचार गर्न जिल्ला अस्पताल जाजरकोट पुर्‍याइएको छ ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे प्रहरीले जनाएको छ । चालक प्रहरी नियन्त्रणमा रहेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

बागलुङमा कांग्रेस सभापतिका लागि पुन: मतदान हुँदै

पोखरा : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बागलुङ जिल्ला सभापति पदमा उम्मेद्वारको बहुमत नपुग्दा पुन: मतदान हुने भएको छ। शनिबार भएको निर्वाचनमा सभापति पदका लागि तीन जना उम्मेद्वारमध्ये कसैले पनि बहुमत ल्याउन सकेनन्।

तीन उम्मेद्वार मध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि सभापतिका लागि आज पुन मतदान हुँदैछ। शनिबार भएको निर्वाचनमा जगदीशचन्द्र उपाध्यायले ७ सय ९०, जीतबहादुर शेरचनले ६ सय ८६ र दोर्णकुमार कुँवरले १ सय ८६ मत ल्याएका थिए।

कुल १ सय ७८० मतदाता रहेको जिल्लामा १ हजार ६८८ मत खसेको थियो। ४५ मत भने बदर भएको निर्वाचन समितिले जनाएको छ।