चितवनमा आज घटेका चर्चित यी ३ घटना : जो अरु भन्दा फरक थिए

रामेछाप खबर संवाददाता


नेकपा एमालेको १०औँ अधिवेशनमा सहभागी हुन देशभरबाट चितवन आएका महाधिवेशन प्रतिनिधि र सर्वसाधारणले नारायणगढ भरिभराउ भएको छ । यही क्रममा महाधिवेशन हेर्न आएका सर्वसाधारणको भिडले नरायणी नदीको पुल भरिएको छ । यो पुलको म्याद सकिइसकेको छ । म्याद सकिएको पुलमा क्षमताभन्दा बढी सर्वसाधारण पुग्दा जोखिम बढेको छ । यसलाई सार्वसाधारणले जोखिमपूर्ण मानेका छ।

नारायणाी नदीमाथिकाे याे पुल ४२० मिटर लामाे छ । याे पुल २०३७ सालमा निर्माण भएकाे थियाे । यो पुलको म्याद सकिएपछि यसअघि नै नयाँ सिग्नेचर पुल बनाउन विज्ञहरूले सुझाव दिएका थिए । तर नेताहरूले यो पुललाई चुनावी एजेण्डा मात्रै बनाउँदै आएको सर्वसाधारणको आरोप छ ।

महाधिवेशनमा सहभागी हुन आएकाहरूले नारायणी किनारको नारायणगढतर्फको किनार लगभग भरिएको छ । यसैबीच झापा र कंचनपुरबाट महाधिवेशनका लागि हिडेका प्रतिनिधि र सर्वसाधारण आइपुगेका थिएनन ।

घटना २ : (अलि फरक) नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई काम गर्न नदिनेहरुले प्रधानमन्त्री शेरवहादुर देउवाको पनि खुट्टा ता’नेको बताएका छन् । उनले आउँदो चुनाव पछि एमालेको सरकार बन्ने र बाँकी रहेका काम पुरा गर्ने दावी गरेका छन् ।

स्थानिय तहमा ५० प्रतिशत भन्दा बढी एमालेले जित्ने पनि दावी गरे । आज म गो’पनिय’ता खोल्छु, ओलीले भने प्रधानमन्त्री देउवा पनि यहिँ हुनुहुन्छ उहाँले सुनेपनि सुन्नुहोला आगामी निर्वाचनमा एमालेले बुहमत ल्याएर समृद्ध नेपाल सुखी नेपालीको बाँकी रहेका काम पुरा गर्नेछौं ।

देशको सार्वभौमसत्ताको रक्षा र विकासका लागि एमालेको एकल बहुमत चाहिएकाले त्यसको तयारीमा आफुहरु लागेको पनि बताए । दैनिक रुपमा अन्य पार्टीवाट एमालेमा प्रवेश गर्नेहरुको लहर चलेको पनि बताए । उनले महाधिवेशनपछि आफ्नो पार्टी चुनावको तयारीमा लाग्ने उद्घोष गरे ।

ओलीले आफु प्रधानमन्त्री नभएपनि यो सरकारलाई आफैँले चलाइरहेको बताएका छन् । आफु प्रधानमन्त्री नभएपनि देउवा नेतृत्वको सरकार आफ्नो हातमा रहेको भन्दै आफुले चाहे कठपुतली जस्तै नचाइरहने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई मञ्चमा राखेर ओलीले सरकारलाई आफुले कठपुतलीजस्तै नचाइदिने र नचाइरहेकेो बताएका हुन् । उनले प्रधानमन्त्रीले चाहेर पनि राम्रो काम गर्न नसक्ने बताए ।

सम्बोधनका क्रममा ओलीले आफूलाई अप्ठ्यारा पार्नेहरूले नै आज प्रधानमन्त्री शेरबहादुर देउवाको खुट्टा समातिरहेको बताएका छन् । फूलाई विगतमा खुट्टा तान्ने र अप्ठ्यारो पार्नेहरूले नै अहिले प्रधानमन्त्री देउवाको खुट्टा समातिरहेको बताए ।

उनले हसियाँ–हथौडा बोकेर वामपन्थी सरकार ढा’लेर दक्षिण पन्थी सरकार बनाएको भन्दै उनीहरुलाई हँसिया हथौडा फ्याँक्न सुझाव दिए । उनले आउँदो चुनावपछि एमालेको सरकार बन्ने र एमालेको सरकारले विकासका कामलाई अघि बढाएर समृद्ध नेपाल सुखी नेपाली बनाउने बाँकी कामलाई पूरा गर्ने दाबी गरे ।
प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच ६ महिनापछि मञ्च सेयर भएको हो । देउवा प्रधानमन्त्री भएपछि ओलीसँगको संवाद ठप्प भएको थियो । तर, एमालेको महाधिवेशनमा देउवा र ओली सँगै मञ्चमा देखिए । बरु गठबन्धनमा आबद्ध दलका नेताहरू भने सबै सहभागी भएनन् ।

घटना ३ : (अलि फरक) राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले सबैभन्दा बढी तितोपिरो कम्युनिष्ट आन्दोलनमा रहेको बताएका छन् । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष केसीले वाम आन्दोलनका लागि एकतावद्ध हुनका लागि आग्रह समेत गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले भने, ‘राजनीतिक गर्ने व्यक्तिहरु नसुध्रिकन नेपाली जनताले यस्तो अवस्था देखिरहन्छ । हामी झगडा गरेपछि बाहिरका शक्तिहरु खेल्छन् । सबैभन्दा बढी तितोपिरो कम्युनिष्ट आन्दोलनमा छ । हामी हाम्रो आन्तरिक कुरा अरुलाई सुनाउँछौँ अनि बाहिरीले खेल्छ ।’

साथै उनले अहिले मुलुक जसरी जानुपर्ने हो त्यसरी मुलुक जान नसकेको बताएका छन् । उनले सबै राजनीतिक पार्टीले एउटाले अर्कोलाई दो ष लगाइरहेका बताएका छन् । नेकपा एमालेको महाधिवेशनमा शुभकामना मन्तव्य राख्न चितवन पुगेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई मञ्चमा पुग्न ३ घण्टा लागेको छ ।

बिहान ११ बजे नारायणी किनारा पारि आइपुगेका नेता केसी भीडका कारण साढे २ बजे एमालेको मञ्चमा पुगेका थिए । मञ्चमा ढिलो गरी पुगेका केसीले महन्थ ठाकुर, उपेन्द्र यादव र माओवादी केन्द्रका प्रतिनिधिले बोलेपछि शुभकामना मन्तव्य राखेका थिए । ‘बिहान ११ बजे गैँडाकोट आएको थिएँ, जेनतेन यहाँ आउन सफल भएँ,’ सम्बोधनका क्रममा केसीले भने ।

उनले महाधिवेशनमा ढिलो पुगेकोमा माफी माग्दै आफ्ुले भोगेको कुरा सुनाएका थिए । गैडाकोटवाट मञ्चमा पुग्न ३ घण्टा लाग्यो यस अघि बोल्ने बक्ताको कुरा मैले सुन्न पाइन माफी चाहन्छु केसीले भने ।