नारायणी पुलमा खचाखच, चितवनमा पूर्ण रुपमा ट्राफिक जाम

रामेछाप खबर संवाददाता

१० मंसिर चितवन ।

नेकपा एमालेको १० औँ अधिवेशनमा सहभागी हुन देशभरबाट चितवन आएका महाधिवेशन प्रतिनिधि र सर्वसाधारणले गर्दा चितवनको नारायणी फुल खचाखच भरिएको छ । साथै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवन पूर्ण रुपमा ट्राफिक जामले भरिएको छ ।

महाधिवेशनका सहभागि हुने कार्यकर्ता र सर्वसाधारणको भिडले नरायणी नदीको पुल भरिएको छ । यो पुलको म्याद सकिइसकेको छ । म्याद सकिएको पुलमा क्षमताभन्दा बढी सर्वसाधारण पुग्दा जोखिम बढेको छ ।

२०३७ सालमा निर्माण भएको पुलको म्याद सकिएपनि पूलभरी मान्छे भरिएका कारण जोखिम बढेको विज्ञले बताएका छन् । तर पनि जोखिमलाई बेवास्ता गर्दै पुल भरी मान्छे खचाखच भरिएका छन् । साथै पुल वारीपारी मान्छेहरुले गर्दा ट्राफिक जाम बढेको छ । जामले गर्दा एकठाउँदेखि अर्को ठाउँसम्म पुग्नै हम्मेहम्मे परेको छ ।

ओलीले देउवालाई भने- प्रधानमन्त्रीज्यू ! मेरो खुट्टा तान्नेहरु तपाईंका खुट्टा तान्दैछन्

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा खुट्टा तान्ने दलहरु प्रधानमन्त्रीका सहयात्री बनेर खुट्टा तान्न थालेको भन्दै सर्तक हुन आह्वान गरेका छन् । १०औं महाधिवेशन उद्घाटनलाई सम्बोधन गर्दै ओलीले उद्घाटनका वेला प्रधानमन्त्रीलाई विशेष अतिथिका रुपमा वोलाएर आलोचना नगर्ने बताउँदै खुट्टा तान्नेसँग सतर्क रहन आग्रह गरे ।

उनले प्रधानमन्त्रीले काम गर्न खोज्दा पनि सहयात्रीबाट साथ नपाइरहेको पनि बताए ।