बरु एकीकृत समाजवादीमा जान सक्छु, ओली रहुन्जेल एमालेमा जान्नँ : वामदेव गौतम

रामेछाप खबर संवाददाता

९ मंसिर, काठमाडौं ।

नेकपा एमाले परित्याग गरेर बसेका नेता वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली रहुन्जेल एमालेमा बताएका छन् । एमालेको १०औं राष्ट्रिय महामधिवेशनको अघिल्लो दिन नेता गौतमले बीबीसीलाई अन्तर्वार्ता दिँदै आफु ओली रहुन्जेल कुनै हालतमा एमालेमा नजाने बताएका हुन् ।

नेता गोतमले बरु आफुले नयाँ पार्टी खोल्न सक्ने संकेत समेत दिएका छन् । एकीकृत समाजवादीमा जनताको बहुदलीय जनवाद लागु गराउन आफू प्रयत्नरत रहेको बताउदै उनले बरु त्यसमा प्रवेश गर्ने सम्भावना रहेको बताएका छन् ।

नेता गौतमले त्यसलाई नयाँ पार्टी खोल्ने अथवा एकीकृत समाजवादीमा प्रवेश गर्न सम्भावना रहेको समेत बताएका छन् । बिबिसीले राजनीतिक जीवनमा यस्तो वियोगान्त भोग्नुपर्ला वा राजनीतिबाट बहिर्गगमनमा पर्नुहोला भन्ने प्रश्नमा उनले त्यस्तो नहुने बताएका छन् ।

‘एमालेमा केपी ओली रहँदासम्म म जादिँन, जनताको बहुदलीय जनवाद एकीकृत समाजवादीमा समावेश गराउन प्रयत्न गरिरहेको छु, पार्टीमा प्रवेश गर्न सक्छु।’ गाैतमले भने ।

एमाले महाधिवेशनः देउवा जाने, प्रचण्ड अन्योलमा, नेपाललाई बहिष्कार

नेकपा एमालेको भोलि (१० मंसिर) हुने महाविधेवशन उद्घाटनमा शुभकामना दिन प्रधानमन्त्री शेरबहादुर देउवा चितवन जाने तय भएको छ । सत्ता गठवन्धनका अर्का नेता नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने अहिलेसम्म जाने नजाने टुंगोमा पुगिसेका छैनन् ।

महाविधेशन उद्घाटनका दिन प्रचण्डको काभ्रे जाने कार्यक्रम तय भएको छ । दुईवटा गाउँपालिकामा यसअघि नै तय भएको पार्टीको पालिका अधिवेशनमा प्रमुख अतिथि भएर प्रचण्ड जाँदैछन् ।

उहाँ (प्रचण्ड) महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाको पालिका अधिवेशनमा प्रमुख अतिथि हुनुहन्छ, त्यही भएर उहाँ महाधिवेशनमा शुभकामना दिन जाने नजाने टुंगो भइसकेको छैन,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले न्युज कारखानासँग भने ।

प्रधानमन्त्री देउवाले शुभकामना दिन जाने बताइसकेका छन् । तर सत्तागठवन्धन कै अर्को दल नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई भने एमालेले बहिष्कार नै गरेको छ । सवै दलका शीर्ष नेतालाई निम्तो दिइएको कार्यक्रममा नेपाललाई निम्तो नै गरिएको छैन । निम्तो नपाएपछि सो पार्टीको जिल्ला तहका नेतासमेत उद्घाटन समारोहमा नजाने भएका छन् ।