ट्याटु बनाएका नेपाली नायिका, हेर्नुस् कस्ले कस्तो ट्याटु बनाएका छन् ।

रामेछाप खबर संवाददाता

काठमाडौं ।

ब्यक्तिअनुसार सबैको आ-आफ्नै अलगअलग सोच हुन्छ । युवा पुस्तामा ट्याटु मोह निकै बढेको देखिन्छ । यस्तै नेपाली कला क्षेत्रमा पनि थुप्रै कलाकारहरुमा ट्याटु मोह देखिएको छ । कतिपय कलाकारहरु त ट्याटु हानेका तस्बिरहरु सार्बजनिक भएपछी ट्रोलका सिकार पनि बने ।

आउनुहोस् आज हामी नेपाली चलचित्र क्षेत्रका १० अभिनेत्रीहरु कसले कस्तो ट्याटु बनाएका छन् भन्ने बिषयमा चर्चा गर्नेछौ।

१. प्रियंका कार्की (मर्मेडको आकृति) –
पछिल्लो समयमा चर्चा र बिबादमा आईरहने नायिका हुन् प्रियंका कार्की। अभिनेत्री कार्की पनि ट्याटुप्रती निकै आकर्षित रहेकी छिन्। उनले आफ्नो ढाडको दाहिने पातामा फिमेल फिगर र्ममेडको सुन्दर डिटेल ट्याटु बनाएकी छिन्। यस्तै उनले दाहीने खुट्टामा पनि ट्याटु खोपेकी छिन्। विभिन्न समारोहहरुमा नायिका कार्कीले आफ्नो ढाडमा रहेको ट्याटुलाई देखाउने गर्छिन्। प्रियंकाले आफ्नो शरीरमा अहिलेसम्म चारवटा ट्याटु खोपाइसकेकी छिन् ।

२. नम्रता सापकोटा (प्वाख) –
छक्का पन्जा, ब्रासलेटलगायतका सिनेमामा काम गरेकी अभिनेत्री नम्रता सापकोटाले पनि एउटा प्वाख शरीरमा खोपाउन भ्याएकी छन् । उनको शरीरको पछाडी पट्टी रहेको उक्त ट्याटु केही समय अघि उनी गोवा गएर खिचाएका केही तस्वीहरुमा देखिएपछि निकै चर्चा बटुलेको थियो ।

३. वर्षा शिवाकोटी (जन्म चिह्नको ट्याटु) –
नायिका वर्षा शिवाकोटीले केही समयअघि दायाँ खुट्टाको पिँडुलामा भेडाको टाउकोसहितको महिलाको आकृति खोपाएकी थिइन् । उनले ट्याटुको रहर भन्दा पनि जन्मदाको बर्थ साइन आफ्नो शरीरमा अंकित गर्ने रहर पूरा गरेकी हुन् । के बनाउने भन्ने सोच्दासोच्दै आफ्नै राशिको चिह्न खोपाउने चाहना भयो— वर्षा भन्छिन् । वर्षाको राशि कन्या हो । त्यसैले उनले आफ्नो शरीरमा कन्या राशिको आकृतिलाई मोडिफाइ गरेर प्रस्तुत गरेकी छिन् ।

५. सुष्मा कार्की (सुर्य) –
नेपाली सिनेमा क्षेत्रमा ग्ल्यामर नायिकाको रुपमा परिचित नायिका हुन् सुष्मा कार्की । उनले करियरको सुरुवाती दिनहरुमा मोडलिंग गरेकी थिइन् । मोडलिंगमा राम्रो प्रतिकृया पाएपछि अभिनयमा लागेकी सुष्माको डेब्यु फिल्म ‘मेरो एउटा साथी छ’ हो, जसमा उनि सहायक रिलमा देखिएकी थिइन् । उनले छातीमा सुर्यको ट्याटु बनाएकी छिन् ।

५. करिष्मा मानन्धर (गुलाब) –
४० बर्ष माथि पुग्दा पनि अहिलेका नयाँ नायिकालाई सुन्दरतामा चुनौती दिइरहेकी नायिका हुन् करिश्मा मानन्धर । चलचित्रका सार्वजनिक कार्यक्रममा पुग्दा करिश्माको अगाडि जुनसुकै नायिका पनि फिक्का हुन्छन् । चाहे पहिरनको तुलना होस् या सुन्दरताको नै किन नहोस् । करिश्माको छातीमा खोपिएको ट्याटुले उनको सुन्दरतामा इट्टा थपिरहेको छ ।उनले छातीको बायाँ भागमा ट्याटुमा गुलावको फुलकी रंगिन आकृति बनाएकी थिईन् ।