दुखद खबर : ट्रकको ठक्करबाट छोरीको मृत्यु, आमा गम्भीर घाइते

रामेछाप खबर संवाददाता

९ मंसिर, काठमाडौं ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका– २ चालिसेमा मालबाहक ट्रकले ठक्कर दिँदा एक बालिकाको ज्यान गएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छिन् ।

वीरगन्जबाट काठमाडौं जाँदै गरेको ना.६ख १४९७ नम्बरको सिमेन्ट बोकेको मालबाहक ट्रकले पैदल यात्री आमाछोरीलाई ठक्कर दिँदा धादिङको सिद्धलेक गाउँपालिका– १ नलाङकी ११ वर्षीया कृपा अर्यालको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरीक्षक भावेश रिमालले बताए ।

डिएसपी रिमालका अनुसार दुर्घटनामा परी घाइते बनेकी आमा मिठु अर्यालको गजुरीस्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि काठमाडौं ट्रमा सेन्टर पठाइएको छ । ट्रकचालक प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए ।

सहमतिमै नेतृत्व चयन हुन्छ, केही पदमा चुनाव हुनसक्छ : बादल

काठमाडौं- नेकपा एमालेको दशौं महाधिवेशन मूल व्यवस्थापन समिति संयोजक समेत रहेका नेता रामबहादुर थापा (बादल) ले महाधिवेशनबाट सकेसम्म सहमतिमा नेतृत्व चयन हुने बताएका छन्।

बिहीबार विहान साढे ११ बजे भरतपुर विमानस्थलमा अवतरण भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता बादलले सकेसम्म सहमतिमै नेतृत्व चयन हुने बताएका हुन्। तर,केही पदहरुमा निर्वाचन हुन सक्ने उनको भनाइ थियो।

‘स्थानीय तहमा पनि हामीले सहमतिमा नै नेतृत्व र प्रतिनिधि चयन गरेका हौं। केन्द्रीय समितिले पनि महाधिवेशन सहमतिमै गर्ने भनेको छ’ बादलले भने, ‘केही पदमा निर्वाचन हुन सक्छ।’

तपाईं कुन पदमा उठ्ने तयारीमा हुनुहुन्छ भनेर पत्रकारहरुले सोधेको प्रश्नमा बादलले भने, ‘हामी टुंगोमा पुगेका छैनौं। यो बीचमा छलफल गरेर निर्णयमा पुग्छौं।’ उनले महाधिवेशनको तयारी सकिएको बताए।