अन्तत प्रेम गीत ३ को रिलिज मिति घोषणा

रामेछाप खबर संवाददाता

९ मंसिर, काठमाडौं ।

नेपाली चलचित्र ‘प्रेम गीत–३’ले रिलिज डेट लिएको छ । फागुन १३ गतेका लागि ‘प्रेम गीत–३’ले रिलिज डेट लक गरेको हो । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का र क्रिष्टिना गुरुङ मुख्य भूमिकामा छन् । सुनील थापा, शिव श्रेष्ठलगायत कलाकारको पनि चलचित्रमा अभिनय रहेको छ ।

“नेपालमा हामीले फागुन ३ गतेका लागि चलचित्र रिलिज गर्ने निर्णय गरेका छौं,” मुम्बईमा रहेका निर्माता समेत रहेका सन्तोष सेनले भने, “भारतमा भने कहिले रिलिज गर्ने भन्ने विषयमा हामी वितरकसँग छलफलमा छौं ।”

भारतीय चलचित्र बजारका लागि हिन्दी भाषामा पनि डबिङ गरिएको चलचित्रको नाम ‘संघारक’ राखिएको छ । यसका अघिल्ला दुई सिरिजले नेपाली बक्स अफिसमा उत्साहजनक ब्यापार गरेका थिए ।

प्रदेश २ मा छायांकन गर्दा होटल तथा यातायातमा छुट पाइने

होटल तथा पर्यटन व्यावसायिक संघले प्रदेश न २ मा चलचित्र छायाकन गर्दा होटल बसोबास तथा यातायातमा विशेष छुट दिने बताएको छ । संघले चलचित्र विकास बोर्ड र चलचित्र निर्देशक समाजले गरेको आधारभूत फिल्म निर्माण कार्यशालाको समापनमा बोल्दै हान अध्यक्ष विजय झुनझुनवाला र पर्सा होटल व्यवसायी संघका महासचिव टब्रेज आलामले यो घोषणा गरेका हुन् ।

सो अवसरमा बागमती नगरपालिकाको भरत तालमा फिल्म छायांकन स्टुडियो निर्माणको लागि जमिन उपलब्ध गराउने, बागमती नगर पालिकाले समृद्धि नामक फिल्म बनाउने समेत घोषणा गरिएको थियो ।

प्रदेश न २ निजगढमा सचालित ७ दिने चलचित्र निर्माण आधारभुत (क्र्यास कोर्स)प्रशिक्षण कार्यक्रममा ३१ प्रशिक्षार्थीको सहभागिता रहेको छ । प्रशिक्षार्थीलाई चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, प्रकाश भट्टराई, युवराज लामा, निखिल उप्रेती, पुरुषोत्तम प्रधान, रक्षा सिंह राणा, जनकदीप पराजुली, सन्तोष श्रेष्ठ आदिले फिल्म निर्माणको विभिन्न विधाका विषयमा प्रशिक्षण दिएका थिए ।

विज्ञबाट पाएको प्रशिक्षणको आधारमा प्रशिक्षार्थीले अन्तिम दिन आफैंले फिल्म पनि बनाएका थिए । समापन समारोहमा चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल प्रमुख अतिथि निजगढ नपा प्रमुख सुरेश कुमार खनाल, बागमती नपा प्रमुख भरत कुमार थापा, हान अध्यक्ष बिजय झुनझुन वाला,चुरे संरक्षण तथा पर्यटन प्रबर्धन फाउन्डेसन प्रदेश अध्यक्ष बिष्णु साह, नाटा प्रदेश २ अध्यक्ष मोहन शर्मा,पर्सा होटेल ब्यबसायी संग महासचिब टब्रेज आलाम, वरिष्ठ छायाँकार पुरुषोत्तम प्रधान, विकास बोर्ड सदस्य प्रकाश भट्टराई वरिष्ठ चलचित्रकर्मि निर्देशक समाजका सस्थापक अध्यक्ष युवराज लामा लगायत स्थानीय संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।