सुनको मूल्य घट्यो, आज कतिमा हुदैछ कारोवार ?

रामेछाप खबर संवाददाता

९ मंसिर, काठमाडौं ।

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९१ हजार ७०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ८०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार २०० तोकिएको छ । यसको मूल्य बुधबार प्रतितोला रु ९१ हजार ३०० थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार २३० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।

साना किसान लघुवित्तद्धारा २६.३२ प्रतिशत लाभांश घोषणा

काठमाडौं । साना किसान विकास लघुवित्र वित्तीय संस्थाले आव २०७७/७८ को मुनाफाबाट कुल २६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको मंसिर ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित यो लाभांश नेपाल राष्ट्रबैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।