जब शिवांगी बेहुलीको भेषमा परीक्षा केन्द्र पुगिन त्यसपछि …

रामेछाप खबर संवाददाता

काठमाडौं ।

मानिसलाई पढाइभन्दा ठूलो केही हुँदैन भन्ने उदाहरण भारतकी एक युवतीले दिएकी छन् । गुजरातमा एक युवती परीक्षा हलमा बेहुलीकै श्रृंगारमा प्रवेश गरेकी हुन् । गुजरात राजकोटकी ती युवती विवाहको दिन परीक्षा तालिका परेकाले परीक्षा हलमा बेहुलीकै पोशाकमा प्रवेश गएकी थिइन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार शिवांगी नामकी ती युवती स्नातक तहकी विद्यार्थी हुन् । उनले बिहान परीक्षा दिएर दिउँसो बिबाहको जग्गेमा बस्ने व्यवस्था मिलाएकी थिइन् । त्यसैले उनी बिहानै बेहुलीको श्रृंगारमा सजिएर परीक्षा हलमा गएकी हुन् ।

परीक्षा हलबाट निस्कँदै गर्दा उनले भनिन्, ‘मेरो बिहेको मिति तय हुँदा परीक्षाको तालिका आएको थिएन । अब मेरो भाग्य नै यस्तो रहेछ, बिहे हुने दिन नै परीक्षा पर्यो के गर्ने ? त्यसैले मैले परीक्षा पनि दिने र बिहे पनि गर्ने निर्णय लिएँ ।’

विवाह अघि धेरै यौ न पार्टनर हुनेको वैवाहिक सम्बन्ध दिगो !

विवाह गर्नुभन्दा अघि दुइ भन्दा बढि से क्स पा र्टनर हुनु अत्युत्तम हुने एक अध्ययनले देखाएको छ ।हालैको एक अध्ययनपछि विज्ञहरुको यो निष्कर्षमा पुगेका हुन् । अध्ययन अनुसार बिहे अघि धेरै यौ न पार्टनरहरु भएका महिलाहरुमा बिहे पछि सम्बन्ध विच्छेदको घटना कम पाइएको छ । बिहे अघि दुइ जनासम्म मात्र से क्स पार्टनरहरु भएका महिलाहरुमा भन्दा तिन देखि नौ जनासम्म से क्स पार्टनर भएका महिलाहरुमा डिभोर्सको दर निकै कम पाइएको छ । पारिवारिक अध्ययन सम्बन्धी एक अमेरिकी संस्थाले यो अध्ययन गरेको हो । अध्ययन अनुसार पछिल्लो समयमा विवाह बन्धनमा बाँधिएका युवतीहरुमा विवाह भन्दा पहिले नै यौ न सम्पर्कको अनुभव बटुलेकाहरुको संख्या उच्च देखिएको छ ।

एक दशक अघि बिहे गर्दाका महिलामा भन्दा अहिलेका महिलामा बिहे अघि यौ न सम्पर्क गर्नेको दर अति उच्च पाइएको छ । सन् १९७० को दशकमा २१ प्रतिशत अमेरिकी महिलाहरु भर्जिन अवस्थामै अर्थात् कुमारी अवस्थामै बिहे गर्दथे भने अहिले भर्जिन अवस्थामा बिहे गर्ने अमेरिकी महिलाहरुको संख्या केवल ५ प्रतिशत मात्र छ । अर्थात् सयमा ९५ जना अमेरिकी ै युवतीहरुले बिहे अघि नै यौ न सम्पर्कको अनुभव गरिसकेका हुन्छन् ।

त्यस्तै पछिल्लो समयमा बिहे अघि केवल एक जनामात्र यौ न पार्टनर भएका महिलाहरुको संख्यामा पनि गिरावट आएको छ । अर्थात् बिहे अघि नै धेरैजना पुरुषसँग यौ न सम्पर्कको अनुभव बटुल्ने महिलाहरुको संख्या बढिरहेको छ । बिहे अघि केवल एकजना सँगमात्र यौ न सम्पर्क गर्ने अमेरिकी महिलाहरुको संख्या सन् १९८० को दशकमा ५० प्रतिशत भन्दा बढि थियो भने त्यो अहिले घटेर २८ प्रतिशतमा झरेको छ ।