कांग्रेस नेताहरूबीच कुटाकुटः उम्मेदवारकाे नाककाे डाँडी भाँचियाे, पाँच जना घाइते

रामेछाप खबर संवाददाता

८ मंसिर, बुटवल ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत रुपन्देही–३ (क) को मतगणना स्थलमा विवाद चर्किएपछि क्षेत्रीय सचिव पदका उम्मेदवारमाथि कुटपिट भएको छ।
मतगणना स्थलमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षधरबीच विवाद हुँदा झडप भएको थियो। घटना हुँदा कम्तिमा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थाका सैलेश पन्तको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

पन्त क्षेत्रीय सचिवका उम्मेदवार हुन्। पन्तको नाकमा गहिराे चाेटसहित नाकको डाँडी भाँचिएको छ। घाइते अन्यको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ। आक्रमण भएपछि मतगणाना स्थगित भएको छ।

कांग्रेसको मतगणनास्थलमा गोली चल्यो, दुई घाईते

नेपाली कांग्रेसको नेतृत्व चयन गर्न मतदान भएको प्युठानमा मतगणनाका क्रममा गोली चलेको छ । कांग्रेसका कार्यकर्ताले गोली चलाउदा २ जना प्रहरी घाईते भएका छन ।
\
नेतृत्व चयनकालागि भएको मतगणनाका क्रममा देउवा पक्षले हार्ने निश्चित भएपछि मतगणना भइरहेको स्वर्गद्धारी क्याम्पसको च्यानलगेट फुटाएर मतदानस्थलमा जान लागेका देउवा पक्षिय कार्यकर्तालाई प्रहरीले रोक्न खाजेपछि उनीहरुले प्रहरीमाथि गोली प्रहार गरेर च्यानल गेट फुटाएर मतगणनास्थल प्रवेश गर्न खोजेका थिए ।

प्रहरीले हतियार सहित मतनणनास्थलमा जान लागेका उनीहरुलाई ६ राउण्ड हवाई फायर गरेर उनीहरुलाई तितरवितर बनाएको थियो ।