अरु देश भन्दा मलेसिया नेपाली कामदारको रोजाईमा, कारण यस्तो छ !

रामेछाप खबर संवाददाता

७ मंसिर, काठमाडौं ।

वैदेशिक रोजगारी लागी नेपाली कामदारको पहिलो बिदेशको गन्तव्यको रुपमा मलेसियालाई मानिन्छ । अक्सर नेपाली कामदारहरु खाडिका देश भन्दा मलेसिया नै जान रुचाउँछन् ।

नेपालीको लागि रोजगारीको केन्द्रको रुपमा रहेको मलेसियामा किन जान चाहन्छन् । कारण भनेको मलेसिया खाडिका देश जस्तो काडा मुलुकको सुचिमा नपर्नु र इलिगल बनेर काम गर्ने अवसर अधिक मिल्नु पनि एक मानिन्छ ।

उसो त नेपाली युवाहरु फ्रीडम को रुपमा बैदेशिक रोजगारिलाई लिने हुँदा मलेसिया पुगे पछि युवती, रक्सी र अन्य कुराहरुमा हुने छुटको कारण पनि खाडिका देशमा भन्दा मलेसिया नेपालीको रोजाइमा पर्ने गरेको छ ।

मलेसिया एक दक्षिणपूर्वी एसियामा रहेको अधिराज्य , देश हो। मलेसिया एउटा् बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक समाज रहेको देश हो। मलेसियाको संस्कृति यहाँ बसोबास गर्ने आदिवासी जनजाति, भुमिपुत्रहरूबाट उत्पन्न भएको इतिहास रहेको छ।

यो देशको राजधानी क्वालालाम्पुर हो। तर हालै मलेसियाको संघीय राजधानीको रुपमा १३ राज्यहरु मिलेर विभिन्न प्रशासनिक कामकाजको लागी पुत्राजाया भन्ने राज्य स्थापना गरेर पुत्राजाया भन्ने ठाउँलाई विशेष मान्यता दिइएको छ।

मलेसियाको चीन सागर अत्याधिक ठूलो समुन्द्र हो। मलेसिया समुन्द्री पहुँच रहेको देश भएकोले पनि यहाँका सरकार , ब्यापारी , ब्यासायी लगायतका मानिसहरुले अन्य छिमेकी देशहरुबाट मालसामान सहज तरिकाले ढुवानी , आयात , निर्यात गर्ने गरेका छ्न।

नेपालसँग मलेसिया देशको एकदमै नजीकको सम्बन्ध रहेको छ। यहाँ धेरै पहिले देखिनै प्रथम विश्वयुद्ध सुरु भएको देखिनै मलेसियामा गई बसेका नेपाली लाहुरेहरूको गाँउ नै रहेको छ। हाल रोजगारीका लागि झण्डै तीन लाख नेपाली श्रमिकहरु मलेसियामा कार्यरत रहेेेका छन।

मलेशियाले नेपालसंगको कुटनैतिक सम्बन्धि कामकाज गर्न सहज होस् भन्ने हेतुले नेेपाल काठमाडौंमा राजदूतावास खोलेर बसेका छन्, भने नेपाल सरकारले पनि मलेसियाको क्वालालम्पुरमा नेेपाली राजदुतावास खोलेर बसेका छ्न।