एजेन्सी ।
अजेन्टिनाका चर्चित स्ट्राइगर लियोनेल मेस्सी फिफा विश्वकपको सेरोफेरोमा ब्यापक चर्चामा छन् । आइसल्याण्डसँग बराबरी खेलेको उद्घाटन खेलमा मेस्सीले कुनै उत्साहजनक प्रदृशन गर्न नसकेपछि उनको चर्चा भन्दा बढी आलोचना सुरु भएको छ ।
मेस्सीका अन्धभक्त कैयौँ फ्यानहरुलाई उनले आगामी खेलमा गतिलो जवाफ दिने भनेर तत्कालका लागी थामीरहेका धेरै समाचारहरु आइरहेका बेला मेसीको घरमाथिबाट विमान उडाउन प्रतिबन्ध लगाइएको खबर आएको छ ।
स्पेनिस एयरलाइन्सका अनुसार बार्सिलोनाको हवाइ अड्डाको विस्तार सम्भव छैन किनभने यस स्थानमा उडान भर्न सकिने स्थिति छैन। मेसीको घर अत्याधुनिक सुविधाको छ।
उनको घर पुरै पर्यावरणमैत्री छ। कौसीबाट हेर्दा चारैतर्फ हरियालीले भरीएको छ । उनको घर माथीबाट जहाजलाई अनुमती नदिइएका कारण कतिपय एयरलाइन्सहरु भने रुष्ट भएको बताइन्छ ।
मानिसको जीवनमा अनेक संयोगहरु हुने गर्छन् । तर कतिपय संयोग यस्ता पनि हुन्छन्, जो मानिसले कल्पनासम्म गरेका हुँदैनन् ।यस्तै भएको छ, अमेरिकाको फ्लोरिडा बस्ने २४ वर्षीया एक युवती र ७८ वर्षका बृद्धलाई ।
७८ वर्षको उमेरमा एकजना धनी बृद्ध व्यक्तिले २४ वर्षीया युवतीसँग विवाह गरे । बिहेपछि दुबैको जीवन सुखद बितेको थियो । तर तीन महिनापछि भने उनीहरुको जीवनमा भूकम्प आयो । तीन महिनापछि युवतीलाई थाहा भयो, आफूले श्रीमान मान्दै आएका व्यक्ति त उनका आफ्नै हजुरबुवा पो रहेछन् ।
आफ्नो श्रीमानका पुराना तस्वीरहरुको एल्बम हेर्दा उनको आँखा एउटा तस्वीरमा गयो । उक्त तस्वीरमा उनका बृद्ध श्रीमान र पहिलो श्रीमती र बच्चाहरुको तस्वीर थियो । उनले सोध्दा पहिलो श्रीमतीको बारेमा श्रीमानले बताए । त्यसपछि श्रीमान मानेर बसेको मान्छे त आफ्नै हजुरबुवा पो परेछ भन्ने स्पष्ट भयो । त्यसपछिको अवस्था के भयो होला, हामी कल्पना पनि गर्न सक्दैनौं ।
तर अचम्म, सबै कुरा थाहा पाएर पनि यी युवतीले भने आफ्ना हजुरवुवालाई छोड्न चाहँदिनन् । उनको भनाई छ, ‘हामीबीच राम्रो सम्बन्ध छ । यौनसम्बन्धदेखि सबै कुरा भइसक्यो । अब त्यो नाता अहिले थाहा भएको हो, त्यसैले मैले छोड्न सक्दिन ।’ समाचारपत्रमा खबर छ । मेल अनलाईनका अनुसार, बृद्ध व्यक्तिकी पहिलो श्रीमतीले उनलाई छोडेर हिंडेकी थिइन् ।