काठमाडौं, ७ मंसिर ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्यमा उच्च अंकको गिरावट आएको छ । सोमबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्यमा आज १६ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा खरिद विक्रि भैरहेको छ । त्यस्तै, तेजाबी सुन आज प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, चाँदीको मुल्य पनि आज १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
राष्ट्रिय जनगणनाको काम अन्तिम चरणमा
काठमाण्डाै – राष्ट्रिय जनगणनाको काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८५ देखि ९० प्रतिशत गणनाको काम सम्पन्न भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले मुख्य गणनाको ८५ देखि ९० प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो ।
सुपरिवेक्षकले नियमित रूपमा गणकसँग समन्वय गरिरहेको र सुपरिवेक्षकले जिल्ला जनगणना कार्यालयमा जनगणनाको प्रगतिबारे विवरण दिने गरेका उहाँले बताउनुभयो ।
अब जनगणना सम्पन्न हुन दुई दिन मात्र बाँकी भएकाले कोही व्यक्ति छुटेको भए गणक, सुपरिवेक्षक, वडा कार्यालय, पालिका र जिल्ला जनगणना कार्यालयमा सम्पर्क गर्न उहाँको आग्रह छ ।
पर्सिसम्ममा गणनाको मुख्य काम सकिसक्नु पर्ने भएकाले कोही छुटेको भए सम्पर्क गर्न विभागले आग्रह गरेको छ ।