किन चल्यो निक र प्रियंकाको सम्बन्धविच्छेदको हल्ला ?

रामेछाप खबर संवाददाता

७ मंसिर, काठमाडौं ।

बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनसको सम्बन्धविच्छेदको विषयमा छापिएका समाचारहरुले चर्चा पाएका छन् । प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट पतिको थर हटाएपछि उनीहरुको सम्बन्धविच्छेदको चर्चा चलेको हो ।

उक्त विषयलाई लिएर उनीहरु सम्बन्धविच्छेद त गर्दै छैनन् ? भन्ने विषयमा चर्चा भइरहेको छ । यसैबीच, निकले आफ्नो एउटा भिडियो सार्वजनिक गरेका छन् । उनले फिटनेस भिडियोमा डबल्स उठाइरहेका छन् ।

उनले सेयर गरेको भिडियोमा प्रियंकाले प्रतिक्रिया जनाएकी छन् । जसमा उनले लेखेकी छन्, ‘म तिम्रो अंगालोमा मरिसकेँ ।’ उनले दिएको यस्तो प्रतिक्रियापछि उनीहरुको सम्बन्धमा कुनै पनि प्रकारको मनमुटाव नआएको बताइएको छ । यसै प्रसंगलाई जोडेर प्रियंकाकी आमा मधु चोपडाले पनि यो समाचार अफवाह भएको बताएकी छन् । उनले यस्ता झुटा खबर नफैलाउन अनुरोध समेत गरिन् ।

सोफियाको लाजमर्दो हरकत

अमेरिकी गायिका सोफिया उरिस्ता एक सांगीतिक कार्यक्रमका क्रममा आफूले गरेको लाजमर्दो हर्कतका कारण विवादमा तानिएकी छिन्।

केही दिनअघि एक लाइभ कन्सर्टका क्रममा उनले गरेको हर्कतका बारेमा त्यहाँ उपस्थित दर्शकले सोचेका पनि थिएनन्, तर उनको त्यो हर्कतपछि मानिसहरू उनले आफ्नो प्रस्तुतिको क्रममा एक पुरुषलाई स्टेजमा बोलाएर ती व्यक्तिलाई सुताएर उनको मुखमा पिसाब गरिन्। सामाजिक सञ्जालमा भाइरल बनेको उक्त भिडियोमा उनको हर्कतका कारण उनी निकै विवाद र आलोचित भएकी छिन्।

विवादमा फसेपछि उक्त घटनाबारे सफाइ दिँदै सोफियाले आफू उक्त समय निकै उत्साहित भएको कारण आफूबाट त्यस्तो गल्ती हुन पुगेको भनेर माफीमाग्दै सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट सेयर गरेकी छिन्। यस घटनापछि उनको ब्यान्ड ब्रास एगेन्स्टले पनि निकै अप्रत्यासित घटना भएको भन्दै माफी मागेको छ।