निर्दहि बाबु जसले आफ्नै छोराछोरीमाथि एसिड प्रहार गरे !

रामेछाप खबर संवाददाता

७ मंसिर, काठमाडौं ।

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ५ बसन्त बजारमा आफ्नै बाबुले छोराछोरीमाथि एसिड प्रहार गरेका छन् । सोमबार राती करिब ८ : ४० बजेको समयमा मादक पदार्थ सेवन गरेका वर्ष अन्दाजी ५५ का मोहन बराइलीले आफ्नै २५ वर्षीय छोरा र १६ वर्षीया छोरीमाथि एसिड प्रहार गरेका हुन् ।

एसिड प्रहार गर्ने बराइलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने छोरा र छोरीलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ । छोरीको अवस्था सामान्य रहेको भए पनि छोराको अवस्था भने केही गम्भीर रहेको बताइएको छ ।

घटनाकोबारे थप विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक ऋिषिराज ढकालले बताए ।

मदिराले साझाका गिरीको जागिर चट्, कृषिका अधिकृतलाई स्पष्टीकरण

काठमाडौं । मदिरा सेवन गर्ने लत त्याग्न नसक्दा साझा प्रकाशनका एक कर्मचारीले अन्ततः जागिर गुमाउनु परेको छ ।
साझाको राजविराजस्थित शाखा कार्यालयमा कार्यरत सहायक द्वितीय प्रितम गिरी पटक–पटक मादक पदार्थ सेवन गरेर कार्यालय गएपछि उनलाई सेवाबाट हटाइएको हो ।

Bidh lab
मादक पदार्थ सेवनसँगै बिनाजानकारी कार्यालय अनुपस्थित भएपछि उनलाई साझा प्रकाशन कर्मचारी प्रशासन नियमावली २०७३ को नियम ३०.१ अनुसार कारबाही गरिएको साझाले जनाएको छ ।

ऐनको यो बुँदामा कुनै कर्मचारीले पदीय आचरणविपरीत अनुशासनहीन काम गरेमा संगठित संस्थाको सेवामा अयोग्य नठहरिने गरी कारबाही गर्ने प्रावधान छ ।

उता, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका एक कर्मचारी पनि अनुशासनहीन काम गरेपछि स्पष्टीकरणको झमेलामा फसेका छन् । मन्त्रालयका बाली संरक्षण अधिकृत भीम चौलागाईं स्वीकृतबेगर आफूखुसी बिदा बसेपछि मन्त्रालयले आइतबार उनलाई स्पष्टीकरण सोधेको हो ।

मन्त्रालयका अनुसार चौलागाईं ०७६ साउन १५ देखि बिनाजानकारी अनुपस्थित छन् । सम्पर्कका लागि आग्रह गरिएकोमा उनी नजोडिएको मन्त्रालयको भनाइ छ ।

९० दिनभन्दा बढी समय लगातार बिना जानकारी अनुपस्थित भएपछि निजामती सेवा ऐनको दफा ६१(१) (६) अनुसार उनलाई स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ ।

बिना जानकारी कार्यालय अनुपस्थित कुनै कर्मचारीले ३० दिनभित्र मागिएको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिए निजामती सेवा ऐनको दफा ५९ को खण्ड (ख) अनुसार बर्खास्त गर्ने प्रावधान छ ।