खाना खाने क्रममा एकआपसमा झगडा हुँदा एक जनाकाे मृत्यु

रामेछाप खबर संवाददाता

७ मंसिर, काठमाडौं ।

डाेटीमा एकआपसमा झगडा हुँदा एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बाेगटानफुड्सिल गाउँपालिका-१ उल्टेपानीका ४९ वर्षीय धनबहादुर मगर रहेका छन् ।स्थानीय टेकबहादुर मगरकाे घरमा खाना खाने क्रममा ३२ वर्षीय मिलन मगर र धनबहादुरबीच विवाद हुँदा मिलनले धनबहादुरलाई कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएका धनबहादुरलाई उपचारका लागि दिपायल ल्याउँदै गर्दा बाटाेमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए । मिलनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेकाे छ ।

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, २ घाइते

रौतहटस्थित गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत बैजनाथपुर चोकमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भने २ जना घाइते भएका छन् । दुर्घटनामा परि मृत्यु हुनेमा चन्द्रपुर–९ का २५ वर्षीय रामाशंकर साह रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी लिलाराज लामिछानेले जानकारी दिएका छन् ।

गएराति १२ बजेर ५० मिनेटमा बैजनाथपुर चौकमा ना ५३ प ६११२ र विपरित दिशाबाट आईरहेको ना ४३ प ६२४३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको थियो ।

दुर्घटनामा गुजरा–९ का मनोज चौधरी र मोटरसाइकलको पछाडि बसिरहेकी बृन्दाबन–७ की कान्ती देवी चौधरी गम्भीर घाइते भएकी छिन् । घाइतेहरूलाई राति नै एम्बुलेन्सबाट उपचारको लागि बीरगंज पठाईएको र दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।