मलेसीया जेलमा रहेका राईलाई नेपाल फर्काउन सहयोगको अपिल,सक्दो शेयर गर्नुहोला

रामेछाप खबर संवाददाता

७ मंसिर, काठमाडौं ।

मलेसीयाको एक जेलमा रहेका खोटाङका पुर्ण बहादुर राईलाई नेपाल फर्काउन सहयोगको अपिल गरिएको छ । जिल्लाको केपीलासगढी गाउँपालिका ७ सुङदेलका राई बिगत चार बर्ष अघि बैदेसिक रोजगारीको शिलसिलामा मलेसीया पुग्नु भएको हो ।

मलेसीयाको एक सेकुरेटी कम्पनीमा काम गर्दै आउनु भएका राईको मानसिक सन्तुलन मन्द भएपछि करीब ३ महिना अघि देखि सुंगोगाई ब्लु जेलमा रहनु भएको पारीवारिक श्रोतले बताएको छ ।

परिवारको आर्थीक अवस्था न्युन रहेको कारण मलेसीया जेलमा रहनु भएका पुर्ण बहादुरलाई नेपाल फर्काउन परिवारले अनुरोध गरेको छ । राईको परिवारमा श्रीमती सहित एक छोरा र एक छोरी रहेका छन । सहयोग गर्न चाहानेले राईकी श्रीमती ममता राईलाई लाई ९७४२४२५७७१ मा सम्पर्क गर्न सकिने छ ।

चीनले किन तोड्यो लिथुआनियासँगको सम्बन्ध?

चीनले लिुथुआनियासँगको कूटनीतिक सम्बन्ध तोडेको छ । राजधानी भिलनिअसमा तााइवनलाई दूतावास खोल्ने अनुमति दिएपछि चीनले लिुथुआनियासँगको सम्बन्ध तोडेको हो । ताइवानलाई चीनले आफ्नो एउटा अभिन्न प्रान्तको रुपमा व्यवहार गर्दै आएको छ, यद्यपी ताइवानले आफूलाई सार्वभौम सम्पन्न देश ठान्छ ।

आफ्नो अभिन्न अंश भएकोले ताइवानसँग कूटनीतिक सम्बन्ध स्थापित नगर्न बेइजिङले विभिन्न देशलाई दबाब दिँदै आएको छ । ताइवानलाई दूतावास खोल्न अनुमति दिएपछि लिथुआनियासँग क्रुद्ध बनेको चीनले यसअघि नै आफ्ना राजदूत फिर्ता बोलाएको थियो ।

ताइवानले बिहीबार मात्र लिथुआनियामा आफ्नो सम्पर्क कार्यलय खोलेको थियो । युरोप र अमेरिकामा खोलिएका ताइवानका अन्य कार्यलयले राजधानी सहर ताइपेयको नाम उल्लेख गरेपछि बेइजिङ रुष्ट छ । ताइवानले जुनसुकै देशसँग सम्बन्ध स्थापित गरे पनि उ चीनको अभिन्न अंश हो भन्ने कुरा बिर्सन नहुने बेइजिङले ताइवानलाई सचेत गराउँदै आएको छ ।