काठमाडौँ ।
पछिल्लो समय मानिको जीवनशैली निकै तिब्र गतिमा परिवर्तन भइरहेको छ। यी लक्षण कुनै राम्रो त कुनै नराम्रो संकेत पनि हुनसक्छ। यस्ता लक्षणले कहिले काही गम्भिर रोगको संकेत पनि गर्ने गर्छन्। त्यसैले हामीले यस्ता लक्षणले सामान्य सम्झिएर वेवास्ता गर्न हुँदैन्।
आज हामी तपाईलाई ब्रेन ट्युमरका शुरुवाती लक्षणका बारेमा जानकारी दिदैछौँ । यस्ता लक्षण ब्रेन ट्युमर हुनुअघि शरीरले दिने गर्छ।
आउनुहोस् जानौँ कुन कुन हुन् ती लक्षण ?
१) यदी तपाईलाई लामो समयसम्म टाउको दुख्ने समस्या छ र यसै कारणले गर्दा शरीरलाई कयौँ पटक सन्तुलन कायम गर्न असहज हुन्छ भने सावधान रहनुहोस्। २) यदी तपाईलाई पटक पटक वान्ता हुने समस्या देखियो भने पनि सावधान रहनुहोस् । यो पनि ब्रेन ट्युमरको शुरुवाती लक्षण हुनसक्छ।
३) यदी समय समयमा बेहोस् हुने समस्या छ । यो समस्या लगातार बढ्न थाल्यो भने पनि सावधान रहनुहोस्। यो ब्रेन ट्युमरको संकेत हुनसक्छ। ४) शरीरमा कहिलेकाही शून्यता महशुस हुनु तथा थकानको महशुस हुन्छ भने पनि सावधानमा रहनुहोस् । यो पनि ब्रेन ट्युमरको लक्षण हुनसक्छ।
५) कयौँ पटक बोल्नमा पनि समस्या हुनु र सन्तुलन कायम गर्न नसक्नु पनि ब्रेन ट्युमरको लक्षण हो। ६) स्वभावमा निकै धेरै चिडचिडापन आउँछ र यो समस्या धेरै बढ्न थाल्यो भने पनि सावधान रहनुहोस्। यो पनि ब्रेन ट्युमरको शुरुवाती लक्षण हुनसक्छ।
७) हात खुट्टामा कहिलेकाही ऐठनको महशुस हुनु पनि ब्रेन ट्युमरको शुरुवाती लक्षण हुनसक्छ। ८) शरीरमा कमजोरी महशुस हुनु तथा कहिलेकाही सुन्ने क्षमतामा पनि समस्या देखिनु ब्रेन ट्युमरको लक्षण हुनसक्छ। यस्तो लक्षण देखियो भने रहनुहोस् सावधान ।